अभिजीतको आरोप : मोदीको मुख्य काम पार्टी फुटाउनु र विश्व भ्रमण गर्नु हो

0

१७ असार, काठमाडौं । दिल्लीको जन्तरमन्तरमा आमरण अनसनमा बसेका शिक्षाविद् तथा पर्यावरण कार्यकर्ता सोनम वाङचुकको स्वास्थ्य अवस्था प्रतिघन्टा बिग्रिँदै गएको छ।

‘ककरोच जनता पार्टी’ (सीजेपी) का प्रमुख अभिजीत दीपकेले वाङचुकको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै उनको सङ्कल्प भने अझै अडिग रहेको बताएका छन् । उनले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग समेत दोहोर्‍याएका छन् ।

यसअघि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दिपकेले भोक हड्ताल सुरु भएयता सोनम वाङचुकको तौल दुई किलो घटिसकेको र उनको रक्तचाप पनि निरन्तर ओरालो लागिरहेको उल्लेख गरेका थिए । ‘नीट-यूजी’ परीक्षाको प्रश्नपत्र लिक भएको प्रकरणलाई लिएर सीजेपीले विगत १२ दिनदेखि जन्तरमन्तरमा विरोध प्रदर्शन गरिरहेको छ।

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने वा उनलाई पदबाट बर्खास्त गरिनुपर्ने सो पार्टीको मुख्य माग छ । सीजेपीले प्रश्नपत्र लिक भएको घटनामा दोषीमाथि कडा कारबाही गरी जबाफदेहिता तय गर्न माग गरिरहेको छ। यिनै मागहरू पूरा गराउनका लागि सोनम वाङचुक आइतबारदेखि भोक हड्तालमा बसेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here