२६ जेठ, काठमाडौ । नेकपा एमालेको पुनगर्ठनको सुझाव संकलन प्रदेशगत रुपमा गरिने भएको छ ।
उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलको आज बैठक बसेको थियो । बैठकले प्रदेशगत रुपमा सुझाव संकलन गर्न कार्य तालिका तय गरेको छ ।
महासचिव शंकर पोखरेलका अनुसार ३० जेठमा बागमती, २ असारमा कोशी, ४ असारमा लुम्बिनी, ६ असारमा सुदूरपश्चिम, ८ असारमा कर्णाली, १३ असारमा मधेश र १६ असारमा राजधानी प्रदेशमा सुझाव संकलन हुनेछ ।
१७ असारमा सम्पर्क समन्वय, १८ असारमा जनसंगठन र १९ असारमा विभाग प्रमुख र पदाधिकारीहरुबाट सुझाव संकलन हुनेछ । सुझाव संकलन भेलामा सम्बन्धित भूगोलमा रहेका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्लाका पदाधिकारीहरु सहभागी हुनेछन् ।
सुझाव संकलन कार्यको सदस्य सचिव महासचिव पोखरेल रहने निर्णय गरेको छ ।
















