ललितपुर । एल्सदाइ चर्चका पास्टर सुबास सुब्बाले ख्रीष्टियन समुदाय व्यक्तिगत स्वार्थभन्दा माथि उठनुपर्ने बताउनु भएको छ ।
हिजो ललितपुरस्थित एलशदाइ चर्चमा आफ्नो नयाँ योजना सार्वजनिक गर्न नेपाली ख्रीष्टियन मिडियाकर्मीहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा उहाँले देशमा एकता र मिलापको ठुलो महाअभियान चलिरहेको बेला ख्रीष्टियन समुदायका कथित व्यक्तिगत स्वार्थले नेपाली ख्रीष्टियनका मुद्धा आझेलमा परेको गुनासो व्यक्त गरेका छन् । उहाँले आफु व्यक्तिगत रुपमा यस्तो अबस्थाबाट नेपाली ख्रीष्टियान समुदायबिचको एकता र मिलापको महाअभ्यासको अभियान शुरुवात गर्न लागको समेत बताउनुभएको हो ।
मन्तव्य दिने क्रममा अधिकाशं वक्ताहरुले आवद्ध व्यक्तिहरुले नेपाली ख्रीष्टियन समुदायमा एकताको अपरिहार्यता रहेको र एकताको लागि ख्रीष्टियन मिडियाकर्मी लगायत सबैले आ–आफ्नो ठाउँबाट प्रार्थनाका साथसाथै सक्रिय भूमिका खेल्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
साथै कार्यक्रममा पास्टर सुब्बाले नेपाली ख्रीष्टियन युवाहरूभित्र रहेको बरदानलाई माथी उठाउनका लागि नेपाल ख्रीष्टियन आइडलको आयोजना गर्न आफूहरू जुटिरहेको र वर्तमान समयमा नेपाली ख्रीष्टियनहरूले भोगिरहेको चिहानको समस्यालाई सम्बोधन गर्न निकट भविष्यमा चिहानको लागि जग्गा खरिद गर्न लागिएको समेत जानकारी गराउनुभएको थियो ।