Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

राप्तीका सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या

आशिष सम्बाददाता by आशिष सम्बाददाता
May 8, 2024
in समाचार
राप्तीका सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

२६ वैशाख, तुलसीपुर । दाङको राप्ती गाउँपालिका–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो । १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको तीन वर्ष हुँदा पनि नयाँ ल्याइएको छैन । त्यही पुरानै बोर्डमा कक्षा सञ्चालन भइरहेको छ । कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा एक सय ५५ विद्यार्थी छन् ।

सोही पालिकाको वडा नं. ४ स्थित जनज्योति आधारभूत विद्यालय नयाँ गाउँमा एउटै कक्षामा कम्प्युटर ल्याब र सोही कोठामा शिक्षकहरु बस्ने कोठा छ । यसले गर्दा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ ।  कक्षा ८ सम्म सञ्चालित यस विद्यालयमा दुई सय ४६ विद्यार्थी अध्ययनरत छन् ।

राप्ती गाउँपालिका-८ पिपरीस्थित शङ्कर मावि पिपरीमा पनि समस्या उस्तै छन् ।  कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयका प्रत्येक कोठा फोहर छन् । कोठामा धुलैधुलो छ । त्यही धुलोमा विद्यार्थीहरु बसिरहेका हुन्छन् । यहाँ पाँच सय २५ विद्यार्थी छन् । राप्ती गाउँपालिका-१ भलावाङ स्थित नेपाल राष्ट्रिय माविमा शौचालयमा पानी छैन ।

शौचालय दुर्गन्धले जानसक्ने अवस्था छैन । निर्माण भएको शौचालयको ढोका फुटेको छ । विद्यालयअगाडि राखिएको झन्डा च्यातिएर लत्रिएको अवस्थामा छ । कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयमा चार सय बढी विद्यार्थी छन् ।

यी त, दाङ राप्ती गाउँपालिकाभित्र रहेका केही सामुदायिक विद्यालयमा देखिएका बेथिति हुन् । अधिकांश सरकारी विद्यालयको समस्या उस्तै देखिन्छ । विद्यार्थी भर्नादर बढिरहे पनि विद्यालयले आफ्नो स-साना कुरा सुधारमा खासै ध्यान दिएको पाइँदैन तर पनि सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना दर भने केही वर्षयता बढिरहेको छ ।

राप्ती-१ स्थित नेपाल राष्ट्रिय माविमा एक सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना भएका छन् । यस विद्यालयमा गएको वर्ष तीन सय विद्यार्थी थिए ।  त्यस्तै, सर्वोदय माविमा यस वर्ष मात्रै दुई सय बढी नयाँ विद्यार्थी थपिएका छन्भने जनज्योति आधारभूत विद्यालयमा ५० बढी नयाँ विद्यार्थी थपिएका छन् । सामुदायिक विद्यालयप्रति विद्यार्थीको विश्वास घटेको छैन ।

दक्ष शिक्षक र सुरक्षित कक्षा कोठाजस्ता कुराले सामुदायिक विद्यालयहरु निजीभन्दा राम्रा छन् । स-साना कुराहरुलाई सुधार गरे सामुदायिक विद्यालयमा आकर्षण बढ्ने स्वयं विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् । ‘पछिल्लो समय जति नयाँ भर्ना भइरहेका छन्, तीमध्ये अधिकांश विद्यार्थी निजी विद्यालयबाट आएका छन्’, राष्ट्रिय माविका प्रधानाध्यापक लोकेन्द्र केसीले भन्छन्, ‘हामीले सामान्य कुरामा सुधार गर्दै गर्‍यौँ भने सामुदायिक विद्यालयमा विद्यार्थी दर अझै बढ्ने देखिन्छ ।’

अधिकांश सामुदायिक विद्यालयमा ठूला-ठूला भवन पनि छन् । शौचालय, खानेपानीसहित आधारभूत कुराहरु पूरा भए पनि ती कुराको सही सदुपयोग हुन सकेको छैन ।

विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरु एकजुट भएर लागेमा विद्यालय सफल हुने प्रधानाध्यापकहरुको धारणा छ । ‘विद्यालय व्यवस्थापन समितिले योजना बनाउने, प्रअसहित शिक्षकहरुले कार्यान्वयन गर्नुपर्छ’, जनज्योति आधारभूत विद्यालयका प्रअ कुलराज जैसीले भन्छन्, ‘त्यति गरेमा सामुदायिक विद्यालयको अवस्था सुधार हुन्छ ।’ शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि भवन मात्रै महत्वपूर्ण कुरा नभई व्यवस्थापनको पाटो पनि महत्वपूर्ण हुने उनको भनाइ छ ।

दाङकै नमूनामध्येको एउटा विद्यालय हो-राप्ती गाउँपालिका–२ लालमटियास्थित आदर्श नमूना मावि । यहाँ दुई हजार दुई सय विद्यार्थी छन् । कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयमा चालु शैक्षिक सत्रमा मात्रै प्रत्येक कक्षामा ५० जना भन्दा बढी विद्यार्थी थपिएका छन् । ती सबै नजिकैको निजी विद्यालयबाट आएको प्रधानाध्यापक किरण पोख्रेलले बताउँछन् ।

‘अहिले धेरै विद्यार्थी नयाँ थपिएका छन्, यो वर्ष मात्रै प्रत्येक कक्षामा ५० जनाभन्दा बढी विद्यार्थी थपिएका छन्’, उनी भन्छन्, ‘यो सामुदायिक विद्यालयका लागि सकारात्मक पक्ष हो ।’  यस विद्यालयमा अहिले अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ । यसले गर्दा पनि विद्यार्थीको आकर्षण बढिरहेको उनको भनाइ छ ।

अङ्ग्रेजी माध्याममा प्रत्येक कक्षामा तीन वटासम्म सेक्सन रहेका छन् भने नेपाली माध्यममा दुईवटा सेक्सन रहेका छन् । प्रत्येक कक्षामा ५० जनासम्म विद्यार्थी राखिएको प्रअ पोख्रेलले बताउँछन् ।

व्यवस्थापन राम्रो भएमा सामुदायिक विद्यालय निजीभन्दा अब्बल हुन सक्छन्, भन्ने उदाहरण दिन सकिने उनको भनाइ छ । उनी भन्छन्, ‘हाम्रो लगावको कुरा हो, उचित व्यवस्थापनको कुरा हो, अभिभावक र विद्यार्थीको पनि सहयोगको कुरा हो’, यी कुरा भएमा सामुदायिक विद्यालय पनि राम्रोसँग चल्न सक्छन् ।’

कुनै पनि कक्षा खाली नगर्ने र विद्यार्थीलाई खेल्ने उचित वातावरण बनाउने हो भने विद्यार्थीको सङ्ख्या बढ्ने उनको भनाइ छ । यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म सूचना प्रविधि (आइटी) विषय पनि पढाइ हुन्छ । त्यसले पनि विद्यार्थीको आकर्षण बढेको छ । सोही विद्यालयमा निजी स्रोतबाट विद्यालयले प्राविधिक शिक्षासहित ३० जना शिक्षक राखेको छभने १७ जनाको स्थायी दरबन्दी छ । त्यस्तै राप्ती गाउँपालिकाले १९ जना शिक्षक उपलब्ध गराएको छ ।

सामुदायिक विद्यालयले सुधारका कार्य पनि गरिरहेका छन् । विद्यालयमा किताबी ज्ञान मात्रै होइन, व्यावहारिक र बिक्ने शिक्षा आजको आवश्यकता हो ।

विद्यार्थीको शैक्षिक गुण्स्तर वृद्धि गर्न राप्ती–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालय शिशु कक्षासँगै नर्सरी कक्षा पनि चलाएको छ । विद्यार्थीको हेरचाह गर्नका लागि पालैपालो बिहान ९ बजे एकजना शिक्षक आउने व्यवस्था पनि मिलाउने तयारी गरेको छ । यसले विद्यार्थीको सुरक्षामा सहज हुने प्रधानाध्यापक कालुसिंह थापाले बताउँछन् ।

त्यस्तै, सर्वोदय मावि सिसहनियाले पढाइलाई प्रविधिमैत्री बनाउन थालेको छ । विद्यालयमा अहिले तीनवटा प्रोजेक्टर छन्भने सातवटा ल्यापटप छन् । त्यसबाट पठनपाठन गराइरहेको प्रधानाध्यापक गोविन्दबहादुर केसी बताउँछन् ।

भवन बन्नु मात्रै शैक्षिक गुणस्तरको सूचक नभएको बृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेको गुनासो छ । ‘सामुदायिक विद्यालयका भवन ठूला–ठूला छन् तर निजी विद्यालयका जस्तापाताले छाएका हुन्छन्, त्यहाँको बढाई राम्रो थियो’,उनी भन्छन्, ‘त्यसैले भवन बन्ने मात्रै भन्दा पनि स–साना कुरामा व्यवस्थापन गरे सामुदायिक विद्यालयको शैक्षिकस्तर धेरै माथि उठ्छ ।’

सामुदायिक विद्यालयमा दक्ष शिक्षक रहेको भन्दै ती शिक्षकले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरे शैक्षिकस्तर धेरै माथि उठ्ने बताउँछन् ।

धेरै ठूला समस्या छैनन्, स-साना कुराहरुलाई ख्याल गरे सुधार हुने देखिन्छ । अहिले पनि सामुदायिक विद्यालयहरुमा जाँदा धेरै कक्षाहरु खाली रहने गरेको भन्दै सबै कक्षामा पढाइ हुने अवस्था रहेमा मात्रै पनि धेरै कुरा सुधार हुने उनको भनाइ छ । धेरै सामुदायिक विद्यालयमा प्रअको नेतृत्व क्षमतामा नै समस्या देखिएको भन्दै प्रअ सक्रिय रहेमा विद्यालय सुधार हुने उनी बताउँछन् ।

दाङको राप्ती गाउँपालिकाले विद्यालयमा देखिएका समस्या पहिचान गरी त्यसलाई सुधार गर्ने अभियानमा लागेको पालिका अध्यक्ष प्रकाश विष्ट सुनाउँछन् । विद्यालय शिक्षाको गुणस्तरमा पालिकाले विशेष जोड दिएको बताउँदै उनी भन्छन्, ‘अबको केही समयमा शिक्षक दरबन्दी मिलान गर्ने तयारीमा छौँ,’ उनी भन्छन्, ‘त्यसपछि जुन विद्यालयमा जे समस्या देखिन्छ, ती समस्या समाधान गर्ने अभियानमा छौँ ।’

अहिले पालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षकलगायतले सामुदायिक विद्यालयमै आफ्ना सन्तान पढाउन सुरु गरेका छन् ।

विस्तारै सर्वसाधारणमा पनि अब आफ्ना बालबालिकालाई सामुदायिक विद्यालय नै पढाउनु पर्दछ, यसका लागि आफूहरुले पनि ती विद्यालयको भौतिक, अध्ययन गर्ने वातावरण सुधारमा ध्यान दिनुपर्छ भन्ने भावनाको विकास भएको उहाँको भनाइ छ । राप्ती गाउँपालिकामा २७ वटा सामुदायिक विद्यालय छन् ।

Previous Post

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु, ८ जना घाइते

Next Post

झापामा प्रधानाध्यापक नियुक्ति विवादले शिक्षकले तलब पाएनन्

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
झापामा प्रधानाध्यापक नियुक्ति विवादले शिक्षकले तलब पाएनन्

झापामा प्रधानाध्यापक नियुक्ति विवादले शिक्षकले तलब पाएनन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In