२०८१–२०९१ को दशकलाई आन्तरिक रोजगार प्रवर्धन दशकका रूपमा अघि बढाउँदै सरकार

0

काठमाडौँ : सरकारले २०८१–२०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्धन दशकको रूपमा अघि बढाउने भएको छ।

बिहीवार काठमाडौंमा नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताएका हुन्। उनले सरकारले वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी भएकाले सरकारले २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्धन दशकको अभियानको रूपमा अघि बढाउन गृहकार्य गरिरहेको बताए।

उनले आन्तरिक रोजगारी बढाउन नसकेसम्म वैदेशिक रोजगारीलाई व्यवस्थित र अनियमितताको नियन्त्रण गर्नु रहेको बताए। उनले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा गइरहेको दावी गरे। उनले अर्थतन्त्रको अवस्था सबल नभएकाले बेरोजगारी, गरिबी लगायतका समस्या समाधान गर्न नसकेको जिकिर गरे। उनले दैनिक विदेश पलायन भएका युवासँगै स्वदेश फर्किरहेका युवाहरूको बारेमा पनि तथ्यांक सार्वजनिक गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘हाम्रो अर्थतन्त्र सुधारोन्मुख छ। हाम्रो सञ्चिति बढ्दै गइरहेको छ। सबै युवा बाहिर गइरहेका छन् मुलुक खाली भइसक्यो भन्ने मानसिकताका छौँ। बेरोजगारी, गरिबीले गर्दा बाहिर जानुपर्ने बाध्यता छ। युवाहरूलाई बाहिर जान दिनु हुँदैन पनि भनिरहेका छौँ। भाषणले मानिस रोकिदैन।’

मन्त्री भण्डारीले श्रम मन्त्रालयअन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७५३ पालिकामा पुर्‍याउन र वैदेशिक रोजगारीमा गएकाको सम्पूर्ण विवरण राख्ने काममा रोजगार सेवा केन्द्र स्थापना गरी काम भइरहेको बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here