Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home Politics

सरकारकै कारण अस्वाभाविक बाह्य चलखेल बढ्यो : शंकर पोखरेल

आशिष सम्बाददाता by आशिष सम्बाददाता
January 14, 2024
in Politics, विशेष, समाचार, सरकार
सरकारकै कारण अस्वाभाविक बाह्य चलखेल बढ्यो : शंकर पोखरेल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

दाङ :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार तीनवटा संकट र चुनौतीबाट गुज्रिरहेको बताएका छन्।

आइतबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पहिलो राजनीतिक अस्थिरता र अराजकताको चुनौती चरम चुलीमा रहेको बताए।

उनले भने, ‘हामीले २०७९ को जनादेशलगत्तै भनेका थियौँ।  हामी यो जनादेशलाई सम्मान गर्छौ, तर, यो जनादेश मुलुकको विकास र समृद्धिका लागि अनुकूल हुन सक्दैन। यो धेरै प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री जन्माउने जनादेशका रुपमा प्रयोग हुनेछ।’

यसबाट जनता र राष्ट्रले सार्थक परिणाम प्राप्त गर्न नसक्ने आफूहरूको बुझाइ रहेको त्यो आज पुष्टि हुँदै गइरहेको समेत बताए।  यस्तै,  उनले  राज्य र सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप अस्वाभाविक रुपमा बढी रहेको समेत बताए।

विश्व राजनीतिको भूराजनीतिक द्वन्द्वको क्रिडास्थलका रुपमा नेपाललाई प्रयोग गर्ने जोखिम बढेको उनको भनाइ थियो। उनका अनुसार पछिल्लो समय एशिया महादेश विश्व अर्थ व्यवस्थामा अगाडि बढ्न थालेको चिन्ताबाट विश्व महाशक्तिहरू एशिया भित्र द्वन्द्व सृजना गर्न लागेका छन्।

एशियाका दुई ठूला शक्तिशाली राष्ट्र चिन र भारत मतभेद सृजना गरी लाभ लिने उद्देश्यका साथ नेपाल भूमिको प्रयोग गर्न खोजेको समेत उनले बताए।

 उनले भने, ‘नेपाल भूमिलाई त्यो रणनीतिक द्धण्द्धको क्रिडास्थलका रुपमा प्रयोग योजना अन्तर्गत नेपालमा बलिया राष्ट्रिय शक्ति बन्न नदिने, अस्थिरता सृजना गरिरहने जस्ता क्रियाकलापहरू पछिल्लो समय बढेर गइरहेका छन्।’ त्यसको एक प्रकारको गोटी अहिलेको सरकार बनिरहेको समेत उनले आरोप लगाए। 

अहिलेका प्रधानमन्त्री विदेश भ्रमण जाँदा मुलुकका हितका पक्षमा भन्दा पनि के गुमाउने हुन्, भन्ने खालेको चिन्ता गर्नुपर्ने अवस्था रहेको समेत उनले बताए।

यस्तै, उनले भारतीय दुतावासले २० करोडसम्म खर्च गर्ने दिने कुरा अनुमति दिएको कुराहरू बाहिर आएको भन्दै त्यो उचित नभएको तर्क गरे।

उनले भने, ‘नेपालमा स्थानीय तहमा सबै खर्च कटाएर  पुँजीगत खर्च गर्न ८÷ १० करोड हुन्छ। तर, दुतावासले एउटा परियोजनामा २० करोड खर्च गर्न पाउने भए, त्यो पालिका सरकार दुतावाससँग माग्न जान्छ। खर्च गर्ने अनुमति दिने कुरा भनेको आफ्नो कार्यकारी अधिकारी प्रयोग गर्न नसक्ने सरकारले राज्य चलाउने नैतिक अधिकारी राख्न सक्न छ? ’

यसैगरी, उनले अहिलेको सरकारलाई भारतको १० हजार मेगावट विद्युत् बिक्री गर्न  लागेमा हर्ष बढाइ रहेको भन्दै अहिले पनि गाउँमा बिजुली नपुगेको अवस्था रहेको बताए। उनका अनुसार नेपालको विद्युत् प्रयोग गर्ने हकदार नेपाली नागरिक हुन भन्ने मुख्य कुरा  हो।

उनले भने, ‘पहिला देशका नागरिकहरूलाई विजुली दिने कुरामा हामी यस्तो प्रकारको योजना बनाएका छौँ, भन्नुपर्ने सरकारलाई जनतालाई विजुली दिने कुरा र पूर्वाधार बनाउने कुरामा ध्यान छैन। यति बेच्ने भयौ, भन्ने कुरा उचित भएन।’

यस्तै, व्यापार घाटा कम गर्ने सबैभन्दा महत्वपूर्ण स्रोतमध्ये विद्युतको खपत बढाउने कुरा भएको समेत उनको भनाइ छ।

यस्तै महासचिव पोखरेलले अहिलेको परिवर्तनप्रति नै अनास्था तथा अविश्वास  सृजन गर्ने हिसाबले अनेक प्रकारका अराजकतावादी विभाजनकारी प्रवृत्तिहरू बढिरहेको  समेत उल्लेख गरे।

जनताको आन्दोलनबाट पराजित भएको राजसंस्थालाई पुर्नस्थापित गर्ने कुराहरू भइरहेको  भन्दै उनले राजसंस्थालाई पुनर्स्थापना आजका यी चुनौतीहरू  समाधान हुन नसक्ने समेत बताए।

अहिलेको सत्ता अयोग्य र अकर्मन्य रहेको कुरा कोशी प्रदेशको नामाकरणमा देखिएको उनको भनाइ छ। संविधानले प्रदेशसभाको नामकरण अधिकार प्रदेशसभालाई दिएको भन्दै उनले प्रदेश नम्बर १ को प्रदेश सभाले अत्याधिक बहुमतको साथ प्रदेशको नामाकरण गरेर कोशी प्रदेश राखेको भएयता पनि केही सीमित ब्यक्तिहरूको असहमतिलाई भड्काउनको लागि सत्ता गठबन्धन आफैले गरेको निर्णयबाट पछाडि हट्नु रहेको बताए।

Previous Post

आलमको मुद्दामा पेसी नै तोकिएन

Next Post

भयावह बन्दै सवारी दुर्घटना : अकालमा ज्यान गुमाउँदै निर्दोष नागरिक

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
भयावह बन्दै सवारी दुर्घटना : अकालमा ज्यान गुमाउँदै निर्दोष नागरिक

भयावह बन्दै सवारी दुर्घटना : अकालमा ज्यान गुमाउँदै निर्दोष नागरिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In