बालुवाटारको बाटोमा खाली कुर्सी राखेर

0

काठमाडौं : नेपाल विद्यार्थी संघको आयोजनामा आज बालुवाटारमा विश्वविद्यालयमा राजनीतिक नियुक्तिविरुद्द खबरदारी तथा प्रदर्शन गरिएको छ। बालुवाटार जाने सडक भाटभटेनी अगाडि करिब १५० वटा खाली कुर्सी राखेर उनीहरुले सांकेतिक प्रदर्शन गरेका हुन्।

खाली कुर्सीमा विश्वविद्यालयमा हुने सबैखालको राजनीतिक नियुक्तिको विरोध गर्दै पर्चा प्याम्लेटहरू टाँसिएका थिए।

पछिल्लो समय विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रार लगायतका उच्च पदाधिकारीहरूको नियुक्ति राजनीतिक तहबाट हुँदै आएको छ।

विश्वविद्यालयमा उच्च पदाधिकारी नियुक्ति योग्यता कार्यक्षमता र इमान्दारी छविका आधारमा नभई राजनीतिक आस्था र संलग्नताका आधारमा गरिएकोमा विभिन्न समयमा चौतर्फी विरोधसमेत हुने गरेका छन्। आफ्नो पार्टी र विचार मिल्नेहरूलाई नियुक्त गर्न नपाउँदाह हाल विश्वविद्यालयका कैयौँ पदहरू खाली छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here