काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।
बैठकमा पार्टीबाट सहभागी मन्त्रीले आफ्नो काम कारबाहीको रिपोर्ट पेस गर्ने छन् । बैठकमा सरकारको एक वर्षको समीक्षा हुने छ भने त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने छ ।
त्यस्तै बैठकमा राष्ट्रियसभा उम्मेदवारको मापदण्ड तय गर्ने विषयदेखि समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने छ । प्रदेश कार्यसमितिले पठाएको सिफारिसअनुसार संसदीय बोर्डबाट उम्मेदवार चयन हुनेछ ।