२७ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।
सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । त्यसअघि सीआईबीका एसपी कृष्ण पंगेनीले अनलाइनखबरसँग कुरा गर्दै अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाइएको जानकारी दिएका हुन् ।
अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् ।
प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।