Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home Politics

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको नेतृत्वमा १० जनाको प्रतिनिधिमण्डल जाने

आशिष सम्बाददाता by आशिष सम्बाददाता
September 12, 2023
in Politics, समाचार
राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको नेतृत्वमा १० जनाको प्रतिनिधिमण्डल जाने
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलका सदस्यको संख्या बढीमा १० जना हुने भएको छ । यसअघि प्रधानमन्त्री कार्यालयको निर्देशनमा तयार पारिएको सूचीमा २४ जना सदस्यको नाम राखिएको थियो ।

प्रधानमन्त्री प्रण्चडले भ्रमणमा प्रतिनिधि मण्डलमा अनिवार्य आवश्यक्ता बाहेक सूचीमा रहेका सदस्यको आकार घटाउन निर्देशन दिएपछि प्रधानमन्त्री कार्यालयले बढीमा १० जना हुने गरी नयाँ सूची तयार पारेको हो ।

यस्तै अमेरिकाबाट न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापासहितक अधिकारीहरू र वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासबाट राजदूत श्रीधर खत्रीसहित अन्य अधिकारीहरु गरी थप १४ जना प्रतिनिधि मण्डलमा जोडिनेछन् ।

यससँगै महासभामा नेपालको तर्फबाट सहभागिता जनाउने प्रतिनिधि मण्डलको संख्या २४ जना हुनेछ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रतिनिधि मण्डलमा प्रधानमन्त्रीसँगै उनको सचिवालयका दुई जना सुरक्षाकर्मी, स्वकीय सचिव गंगा दाहाल र फोटोग्राफर प्रदिपराज वन्त रहने छन् ।

यस्तै पराष्ट्र मन्त्रालयबाट मन्त्री एनपी साउद मंगलबार नै पूर्व तयारीका लागि न्यूर्योक प्रस्थान गरिसकेका छन् । उनीसँग उनका स्वकीय सचिव दीपकराज जैशी पनि न्यूर्योक गएका छन् । प्रधानमन्त्रीसँग परराष्ट्रबाट सचिव भरतराज पौड्याल, चिफ अफ प्रोटोकल दिलिप कुमार पौडेल र थप एकजना प्रोटोकल अधिकृत पनि रहनेछन् ।

प्रधानमन्त्री नेतृत्वको बाँकी प्रतिनिधि मण्डलमा  ३० भदौमा महासभाको ७८ औं सभामा सहभागी हुन न्यूर्योक प्रस्थान गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले महासभामा नेपालका तर्फबाट ४ असोजमा सम्बोधन गर्नेछन् ।

त्यसपछि ५ असोजमा प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सीधै चीन प्रस्थान गर्ने कार्यसूची छ । अमेरिकाबाट चीन जाने भ्रमण दलको सूची भने अहिलेसम्म टुंगो लागि सकेको छैन । परराष्ट्र स्रोतका अनुसार अहिलेसम्म चीन जाने भ्रमण दलको सूचीमा प्रारम्भिक चरणमा रहेको छ ।

‘न्यूयोर्कको कार्यसूची नै अन्तिम चरणमा पुगिसकेको छैन । प्रधानमन्त्रीले प्रतिनिधि मण्डल सानो बनाउन भन्नु भएको हुँदा, उहाँको निर्देशन नआएसम्म टंगो लागेको भनिहाल्ने अवस्था छैन’, परराष्ट्रका ती अधिकारीले भने, ‘चीन जाने प्रतिनिधि मण्डलको तयारी चलिरहेको छ । पर्याप्त छलफल समेत भएको छैन ।’

मंगलबार नै न्यूर्योक प्रस्थान गरेका परराष्ट्रमन्त्री साउद बिहीबार, (१४ सेप्टेम्बर) मा आयोजना हुने यूएनको ‘शान्ति निर्माणमा शिक्षाको भूमिका’ विषयक कार्यक्रममा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । नेपाल हाल यूएनको शान्ति निर्माण सम्बन्धि आयोगको सदस्य राष्ट्र हो ।

यस्तो छ भ्रमणको कार्यसूची

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डलले यूएनका मेजर इभेन्टहरूमा सहभागिता जनाउने छ । परराष्ट्र मन्त्रालयकी प्रवक्त सेवा लम्सालका अनुसार साइडलाइन भेटवार्तासहित करिब एक दर्जनभन्दा बढी कार्यक्रममा सहभागिता जनाउने कार्यसूची छ ।

‘विशेष गरी दिगो विकासका लक्ष्यहरू (एसडीजी) को हाम्रो मुलुकको कार्यप्रगतिको समीक्षा, क्लाइमेट एम्बिसन समिटमा सहभागिता, फाइनान्सिङ डेभलपेन्ट, हामीले नेतृत्व गरिरहेको एलडीसीको अध्यक्षतामा बैठक सञ्चालन गर्नेलगायत करिब एक दर्जन कार्यक्रममा सहभागी हुने तयारी सम्पन्न भएको छ’, प्रवक्ता लम्सालले भनिन् ।

नेपालले संयुक्त राष्ट्र संघको महासभामा विशेष गरी दिगो विकासका लक्ष्य (एसडीजी) सम्बन्धी समिटमा सहभागिता जनाउने, यही वर्षदेखि आफू अध्यक्ष रहेको अतिकम विकसित राष्ट्रहरू (एलडीसी) को अध्यक्षता गरेर कार्यक्रम सञ्चालन गर्ने, वाणिज्य विकास र क्लाइमेट चेञ्जमा नेपालले भोगिरहेका समस्या र यसको समाधानका विषयमा हुने क्लाइमेट एम्बिसन समिटमा महत्वपूर्ण सहभागिता जनाउने विषयलाई प्राथमिकतामा राखेको छ ।

यस्तै नेपालले महामारीको रोकथाम, पूर्वतयारी र समाधान, विश्वव्यापी स्वास्थ्यसम्बन्धी समस्या, क्षयरोग सम्बन्धी लडाइँ सम्बन्धी कार्यक्रममा सहभागिता जनाउने छ ।

यस्तै लामो समयदेखि नेपाल अध्यक्ष रहेको सार्क मन्त्रीस्तरीय र अन्य विभिन्न मुलुकबाट प्रस्ताव भएका तथा नेपालले प्रस्ताव गरेका साइडलाइन वार्तामा सहभागी हुने गृहकार्य भएको छ ।

यस्तै न्यूयोर्कमा सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक राख्ने तयारी नेपालले गरेको छ । नेपाल अहिले सार्कको अध्यक्ष छ । नेपालले यो जिम्मेवारी सार्क सम्मेलन गरेर हस्तान्तरण गर्नुपर्ने भए पनि भारत र पाकिस्तानको आन्तरिक विवादका कारण सम्मेलन हुन सकेको छैन । नेपालले भने यस्तै अन्तर्राष्ट्रिय फोरमहरूमा साइडलाइन भेटवार्ता गरी औपचारिक छलफल गर्ने गरेको छ ।

यसअघि पूर्व परराष्ट्रमन्त्री बिमला राई पौड्यालले श्रीलंकामा भएको एउटा कार्यक्रममा उक्त साइडलाइन भेटवार्ता गरेकी थिइन् । जसको परिणाम रिक्त हुन लागेको नेपालस्थित सार्क सचिवालयको जिम्मेवारी कसलाई दिने भन्ने सहमति जुटेको थियो । उक्त सहमतिपछि अफगानस्तिानले पाउने सार्क सचिवालयको नेतृत्व अल्फाबेटिक अर्डर अनुसार बंगलादेशले जिम्मेवारी पाएको छ ।

अहिले न्यूर्योकमा हुने महासभाको बैठकको साइडलाइन परराष्ट्रमन्त्रीस्तरीय बैठकमा यसलाई सत्रिय बनाउने विषयमा पनि छलफल हुनेछ । नेपालबाट चार वर्षपछि मात्रै प्रधानमन्त्रीस्तरीय सहभागिता हुन लागेको हो ।

सन् २०१८ मा सम्पन्न ७३औं महासभामा नेपालबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए । त्यसपछि सन् २०१९ मा ७४औं महासभालाई नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएका थिए भने २०२० मा ७५ औं महासभा कोभिड महामारीका कारण भर्चुअल माध्यमबाट भएको थियो । सो बैठकमा ओलीले नै सम्बोधन गरेका थिए ।

सन् २०२१ मा भएको ७६ औं महासभा हुँदा सरकार परिवर्तन भएर तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री नारायण खड्का न्यूयोर्क पुगेका थिए । त्यसपछि सन् २०२२ को ७७औं महासभामा निर्वाचन घोषणा भइसकेको अवस्थाका कारण प्रधानमन्त्री र परराष्ट्रमन्त्री नगएपछि परराष्ट्रसचिव भरतराज पौड्याले संयुक्त राष्ट्र संघमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

अहिले चार वर्षपछि नेपालले प्रधानमन्त्रीस्तरको सहभागिता जनाउँदैछ । प्रधानमन्त्री प्रचण्ड उक्त महासभामा भाग लिएर त्यहाँबाट चीन भ्रमणमा जाने तय भएको छ ।

उनी चीनको हाङचाओमा ६ देखि २१ असोजसम्म चल्ने एसियाली खेलकुदमा सहभागी हुने गरी भ्रमणको तयारी भइरहेको छ । प्रचण्ड ५ देखि ७ असोजसम्म चीनमा रहनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसहित उच्चस्तरीय भेट गर्ने गृहकार्य भइरहेको छ ।

आम निर्वाचन सम्पन्न भएपछि अघिल्लो १० पुसमा प्रधानमन्त्री भएयता प्रचण्डले छिमेकी मुलुक भारत र इटलीको भ्रमण सम्पन्न गरिसकेका छन् ।

उनले १७ देखि २० जेठसम्म भारतको औपचारिक भ्रमण गरेका थिए भने ८ देखि १० साउनसम्म इटलीको रोममा सम्पन्न ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टकटेकिङ मुभमेन्ट’ मा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर सहभागिता जनाएका थिए ।

Previous Post

सुवास नेम्वाङलाई राजकीय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

Next Post

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In