नेपाल ईसाइ समाज दैलेखको नयाँ कार्य समिति तथा सल्लाहकार समिति गठन भएको छ । हिजो बसेको ईसाइ समाजको बैठकले ८ सदस्यीय कार्यसमिति र ३ जना सल्लाहकार समिति गठन गरेको हो । जसअन्तरर्गत समाजको अध्यक्षमा पा. डम्बर गुरुङ चयन हुनुभएको छ । लामो समयदेखि ईसाइ समुदायको हक अधिकारका लागि आवाज उठाउदै आउनुभएको गुरुङलाई समाजको अध्यक्षमा चयन गरिएको हो । त्यस्तै उपाध्यक्षमा पास्टर राजकुमार सोनी, सचिवमा अगुवा ईन्द्र रोकाया, कोषाध्यक्षमा अगुवा रामु बि.क. चयन हुनुभएको छ । सदस्यहरुमा पास्टर तिर्थ बहादुर सिँह, पास्टर गगन बहादुर थापा, पास्टर हरी बि.क., अगुवा ज्योती सोनी, अगुवा जुना सिजालि मगर चयन हुनुभएको छ ।
त्यस्तै ईसाइ समाज दैलेखको सल्लाहकारमा रेभ. पा. बृष बयलकोटी, अगुवा जे.बी. रोकाया र पास्टर पवित्रा गुरुङ चयन हुनुभएको नवगठित समाजका सचिव ईन्द्र रोकायाले जानकारी दिनुभएको छ । नेपाल ईसाइ समाज दैलेखले आगामी दिनमा ईसाइ समुदायको स्वाभिमान र पहिचानका लागि अग्रसर भई राज्यबाट पाउनुपर्ने आफ्ना हक अधिकार सुनिश्चितताका लागि आवाज उठाउने समाजका अध्यक्ष पास्टर डम्बर गुरुङले बताउनुभयो ।