जनजागरण पार्टीको प्रदेश २ को भेला सम्पन्न, अध्यक्षमा किरण राई

0

धनुषा । जनजागरण पार्टी नेपालको प्रदेश नम्बर २ स्तरीय प्रादेशिक भेला सम्पन्न भएको छ । धनुषाको लालगढस्थित बौवा होटलमा विहिवार सम्पन्न भेलामा किरण राईको अध्यक्षतामा प्रदेश नम्बर २ को प्रदेश कार्यसमिति गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा कृष्ण लामा, सचिवमा विनोदकुमार यादव, सहसचिवमा बाबुलाल कुसवाह र कोषाध्यक्षमा महेशकुमार यादवलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा कामदेव यादव (महोत्तरी), शम्भु धामी (महोत्तरी), नविन शाह (महोत्तरी), कर्ण जोशी (सर्लाही), जगजीत कुमार महरा (सिराहा), दिपेन्द्र कुमार राम (पर्सा), शिलास श्रेष्ठ (बारा), नवल राय (रौतहट), सुर्य बहादुर बि.क. (महोत्तरी), छविलाल बराइली (महोत्तरी), अशोक राम (सिराहा), सहजलाल महरा (धनुषा) लाई चयन गरिएको पार्टी प्रवक्ता विदुर अधिकारीले जानकारी दिनुभयो ।

प्रवक्ता अधिकारीले नवगठित प्रदेश कार्यसमितिमा महिला प्रतिनिधित्व गराउने र केही हप्ताभित्रमा नै सप्तरी जिल्लामा पनि कार्यसमिति विस्तार गर्ने जिम्मेवारी पनि सोही समितिलाई दिइएको बताउनुभयो ।

प्रदेश नम्बर २ अन्र्तगत रहेका आठवटै जिल्लाका ५० भन्दा बढी कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको सो भेलामा पार्टीका केन्द्रिय अध्यक्ष डा. वि.पी. खनालले प्रमुख आतिथ्यतासहित विशेष सम्वोधन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here