भाद्र, २२ काठमाडौं) ख्रीष्टियान मिडिया सोसाईटी नेपाल, काठमाडौं रजिष्ट्रारको कार्यालयमा यहि भदौ १३ गते कामको मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा ऐन, २०६३ को दफा ५ को उपदफा (१) बमोजिम दर्ता भएको छ ।
ख्रीष्टियान मिडिया सोसाइटी असार २७ गते सुमित नेपालीको अध्यक्षतामा सात सदस्यीय समिती पुनर्गठन गरिएको थियो । देशभरका ख्रीष्टियान संचारगृहहरू तथा संचारकर्मीहरूलाई समेट्न, एकतामा रहेर साझा आवश्यकताहरूको सवालमा मिलेर काम गर्न, ख्रीष्टियन समुदायको आवाज उठान गर्न, ख्रीष्टियन मिडियालाई सशक्त बनाउन र देशभरि कार्यरत ख्रीष्टियन सञ्चारकर्मीहरूलाई संगठित गर्नको लागि वि.सं. २०७३ सालमा ख्रीष्टियन मिडिया सोसाइटीको स्थापना गरिएको थियो । ख्रीष्टियन मिडिया सोसाइटीले संचार क्षेत्रमा ईच्छुकहरुलाई विभिन्न आधारभुत आवश्यक तालिमहरू उपलब्ध गराईरहेको छ ।
मिडिया सोसाइटी आधिकारिक रुपमा दर्ता भएपछि ख्रीष्टिय मिडिया सोसाइटीले नेपाली इसाई समुदायको बीचमा काम गर्नको लागि सहज हुने ख्रीष्टियन मिडिया सोसाइटीका अध्यक्ष सुमित नेपालीले बताउनुभयो । साथै यस वर्षको कार्य योजनामा ७ वटै प्रदेशमा रहेका इसाइ मिडियाकर्मीहरूको भेला गर्दै मिडियाकर्मीहरूको साझा समस्या पहिचान गर्दै क्षमता विकासकोलागि मिडिया सोसाइटीले सहकार्य गर्ने बताउनु भयो ।