बाढी प्रभावित हेलम्बुलाई सुन्दर ढोका साथी सेवाद्वारा कोबिड स्वास्थ्य किट वितरण

0

ललितपुर । सुन्दर ढोका साथी सेवा नामक संस्थाले बाढी प्रभावित मेलम्चीलाई कोविड सेफ्टी किट वितरण गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा असार १ गते आएको भिषण बाढी पहिरोबाट प्रभावित हेलम्बु गाउँपालिकाका ४५० बाढीपीडितलाई संस्थाले कोविड सेफ्टी किट वितरण गरेको हो ।

काठमाडौंबाट सिम्रिक एयरको हेलिकप्टरमार्फत सबै भन्दा पहिलो पुग्ने संस्था मध्ये एक सामाजिक संस्था सुन्दर ढोका साथी सेवाले जिल्ला स्वास्थ्य कार्यालय तथा हेलम्बु गाउँपालिकासंग समन्वय गरेर कोविड सेफ्टी किट वितरण गरेको संस्थाका निर्देशक विकाश अधिकारीले बताउनुभयो ।

उहँँका अनुसार किट बक्समा मास्क २० वटा, स्यानिटाइजर १ वटा, टुथपेष्ट १ वटा, नुहाउने साबुन १ वटा, लुगाधुने साबुन १ वटा, पिउस १ वटा , टिस्यु पेपर १ बक्स, हाते रुमाल १ वटा, स्याम्फू ५ वटा, जीवनजल ५ प्याकेट, महिलाको हकमा स्यानिटरी प्याड १ प्याकेट र बिस्कुट २ वटा राखिएको हामीलाई जानकारी दिनुभयो । साथै ५० जना बालबालिकालाई स्थानीय गाउँपालिकासँग समन्वय गरेर लुगा पनि बितरण गरेको बताए ।

बाढी पहिरोबाट धनजनको ठुलो क्षति भएको मेलम्ची र अझ सबै भन्दा ठुलो क्षति हेलम्बु गाउँपालिकामा गत मंगलबारबाट नै हेलम्बु सडक सन्जाल र विधुत संचारबाट सम्पर्क बिच्छेद भएको थियो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्चीमा भन्दा पनि तत्काल अहिले हेलम्बुलाई धेरै राहत र सहयोगको आवश्यकता भएको संस्थालाई जानकारी गराए लगतै तत्काल सुन्दर ढोका साथी सेवाले कोरोना महामारीको जोखिमका बेलामा पनि हेलम्बुवासीलाई स्वास्थ्य समाग्री सहयोग प्रदान गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here