पत्रकारलाई नेपाल ख्रीष्टिय राहत सेवाद्वारा स्वास्थ्य सामाग्री सहयोग

0

निरोज तोलाङे, काठमाडौं । कोरोना महामारीका कारण अग्रभागमा रही निरन्तर जनतालाई सुसुचित गर्ने कार्यमा निरन्तर क्रियाशिल पत्रकारहरुलाई नेपाल ख्रीष्टिय राहत सेवा नामक संस्थाले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संस्थाले आज एक कार्यक्रमकाबीच विभिन्न सञ्चारमाध्यममा सक्रिय ५० जना पत्रकारलाई स्यानिटाइजर, थर्मोमिटर, मास्क, मल्टिप्रोटेक्ट डिसइनफेक्सन स्प्रे लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो ।

संस्थाले पहिलो चरणमा नियमित रिपोर्टिङमा खटिने संवाददाता तथा क्यामरापर्सनलाई अत्यावश्यक स्वास्थ्य सामग्री र खाद्यन्न सामाग्रीको समेत वितरण गरेको संस्थाका विपद् व्यस्थापन समुहका टिम लिडर रिउबेन शर्माले बताउनुभयो ।

कोरोनाविरुद्धको लडाईका ‘फ्रण्टलाइनर’का रुपमा क्रियाशिल पत्रकारले कोरोना महामारीको जटिल अवस्थामा पनि जोखिम मोलेर नागरिकलाई सही सूचना दिएर कोरोनाबाट जोगिन, आत्मबल बढाउन उत्प्रेरित गरेको भन्दै संस्थाका अध्यक्ष ओम प्रकाश सुब्बाले संचारकर्मीको प्रशंसा गरेका थिए ।

कोरोना महामारीमा पनि अग्रभागमा रही सूचना प्रवाहका लागि फिल्डमा खटिने पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छौं ।
‘फ्रन्टलाइनमा सक्रिय पत्रकारलाई नेपाल ख्रीष्टिय राहत सेवाको सहयोग निरन्तर रहनेछ’, संस्थाका अध्यक्ष सुब्बाले भने ।

संस्थाले यस अघि पनि काठमाडौंमा सक्रिय एक सय पत्रकारलाई स्वास्थ्य सामग्री र खाद्यन्न राहत उपलब्ध गराएको थियो ।
स्वास्थ्य सामग्री वितरण कार्यक्रममा उपस्थित पत्रकारहरुले नियमित रिपोर्टिङमा खटिने पत्रकारलाई सहयोग गरेकोमा संस्थालार्ई धन्यवाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here