थप २ हजार २९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ५८३ जनामा आरटी पीसीआर र ४ हजार ३२१ जनामा एन्टीजेन परीक्षण गर्दा यो संख्यामा संक्रमित थपिएका हुन्।

पीसीआरबाट १ हजार ५८४ र एन्टीजेनबाट ७१३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा ४३ जना कोरोना संक्रमतिको मृत्यु भएको छ।

यससँगै नेपालमा पीसीआर परीक्षणबाट ६ लाख २२ हजार ६४० र एन्टीजेन परीक्षणबा६ २७ हजार ३०८ जनामा संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेको संख्या भने ८ हजार ७७२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here