नागरिकलाई जुनसुकै अवस्थामा पनि कोरोनाको खोप लगाइन्छः प्रधानमन्त्री

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने बताएका छन् ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को भरपर्दो उपचारका लागि खोप नै आवश्यक भएको हुँदा छिट्टै खोपको व्यवस्था गरी खोप लगाएर महामारीको सामना गरिने बताएका हुन्।

पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने प्रधानमन्त्री ओलीको भनाई छ । सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि उनले बताए ।

नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइएको प्रधानमन्त्रीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here