सिक्किमका विभिन्न चर्चद्वारा नुवाकोटका बाढीपीडितलाई सहयोग

0
नुवाकोट, विदुर–टुप्चे। बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको अवस्थाप्रति ऐक्यबद्धता जनाउँदै सिक्किमका विभिन्न चर्चहरूको सहकार्यमा नुवाकोटको विदुर–टुप्चे क्षेत्रमा राहत तथा सान्त्वना प्रदान गरिएको छ ।
Rev. Paul Gurung को समन्वयमा आयोजित सहयोग अभियानमा Stephan Raj Karki, O.S.D., Government of Sikkim लगायतको सहभागिता रहेको थियो। टोलीले प्रभावित परिवारहरूसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था बुझ्नुका साथै आवश्यक सहयोग र सान्त्वना प्रदान गरेको थियो ।
विपत्तिको यस कठिन घडीमा पीडित परिवारहरूसँग ऐक्यबद्धता प्रकट गर्दै मानवीय सेवा, प्रेम र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। यस पहलले नेपाल र सिक्किमबीचको मानवीय सम्बन्ध, सहकार्य र पारस्परिक सद्भावलाई थप मजबुत बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here