लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् ।
सरकारमा सामेल भएका पाँचै जना मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका छन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दल नेता चौधरीलाई राजीनामा पठाएको पुष्टि गरे ।















