धोबीखोलामा हामफालेर ज्यान गुमाएकी महिलाको परिचय अझै खुलेन

0

२६ असार, काठमाडौं । धोबीखोलामा हामफालेर ज्यान गुमाएकी महिलाको परिचय खुल्न सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार मृत फेला परेकी ती महिलाको अझै सनाखत हुन नसकेको हो । बिहीबार दिउँसो कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी थिइन् ।

खोजीको क्रममा ती महिला मृत अवस्थामा बल्खु–कुमारी क्लबस्थित खोलामा भेटिएकी थिइन् । अन्दाजी ३५ वर्ष जतिकी ती महिलाको अहिलेसम्म परिचय खुल्न सकेको छैन ।

सेतो टिसर्ट लगाएकी र कम्मरमा पिंक कलरको ज्याकेट बाँधेर ती महिलाले हामफालेकी थिइन् । खोलामा हामफाल्नुको कारण पनि खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here