Saturday, June 28, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home Politics

नलगाड नगरपालिकाले मासुभात र घुमघाममै सक्यो १ करोड ७ लाख

आशिष सम्बाददाता by आशिष सम्बाददाता
July 14, 2024
in Politics, समाचार, सरकार
नलगाड नगरपालिकाले मासुभात र घुमघाममै सक्यो १ करोड ७ लाख
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत : महालेखापरीक्षकको कार्यालयको आव ०७९/८० को लेखापरीक्षण प्रतिवेदन २०८१ का अनुसार जाजरकोटको नलगाड नगरपालिकाले ठूलो मात्रामा अनियमितता गरेको औँल्याएको छ।

नलगाडले वर्षभरि गरेको आन्तरिक आयको दोब्बरभन्दा बढी रकम पदाधिकारीको सुविधाका लागि खर्च गरेको प्रतिवेदनले औँल्याएको छ। यसैगरी आन्तरिक आयको करिब ९० प्रतिशत रकम मासुभातमा खर्च गरेको पाइएको छ।

मासुभात, भ्रमण खर्च, पालिकाका पदाधिकारी सुविधा, इन्धन खर्चलगायतमा ठूलो मात्रामा फजुल खर्च गरेको महालेखाले उल्लेख गरेको छ। 

नलगाडको आव ०७९/८० मा कुल आन्तरिक आय जम्मा ६४ लाख ५४ हजार रुपैयाँ छ। आव ०७९/८० मा पदाधिकारीको सुविधामा १ करोड २७ लाख १९ हजार ९ सय रुपैयाँ खर्च भएको छ। 

मासुभातमै ५२ लाखभन्दा बढी खर्च

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ।

तर पालिकाले यस वर्ष खाना तथा विविधतर्फ मात्र २३ लाख खर्च गरेको महालेखाले जनाएको छ। नगरपालिकाले अर्को विविध खर्चतर्फ २९ लाख ३५ हजार ६१७ रुपैयाँ खर्च गरेको छ। 

यस्तो खर्चमा मितव्ययिता कायम गर्नुपर्ने महालेखाले सुझाव दिएको छ।

पालिकाका पदाधिकारीलाई सुविधा

कर्णाली प्रदेश पालिकाका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७७ को दफा ३ मा पदाधिकारी र सदस्यले आफू निर्वाचित भई काम कारबाही शुरु गरेको मितिदेखि अनुसूची १ र २ मा उल्लेख भएबमोजिमको रकममा नबढ्ने गरी स्थानीय तहको आन्तरिक स्रोतको आधारमा सुविधा पाउने व्यवस्था छ। 

तर नगरपालिकाले पदाधिकारीहरुलाई आव ०७९/८० मा १ करोड २७ लाख १९ हजार ९ सय रुपैयाँ सुविधावापत भुक्तानी गरेको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ।

साढे ४१ लाखभन्दा बढीको इन्धन

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को ३९(१०) मा कुनै रकमको भुक्तानी दिँदा रीत पुगे वा नपुगेको जाँच गरी निकासा तथा खर्च गर्नुपर्ने उल्लेख छ। 

पालिकामा भएको कार्यालय प्रयोजनमा सवारीसाधनको इन्धन खर्च लेखेकोमा लगबुक भरेको नपाइएको महालेखाले जनाएको छ।

महालेखाका अनुसार यसबाट वास्तविक इन्धन खर्च कति भएको हो यकिन गर्ने आधार रहेन। तसर्थ सवारीसाधन प्रयोग गरेकोमा लगबुक राखी इन्धन खर्चमा मितव्ययिता कायम गर्नुपर्ने महालेखाले जनाएको छ।

महालेखाका अनुसार पदाधिकारीको ७ लाख ७३ हजार ८२५ रुपैयाँ र कार्यालय प्रयोजनका लागि ३९ लाख १४ हजार ५१५ रुपैयाँ र कार्यालय प्रयोजनका एम्बुलेन्स जेनेरेटर गाडीको लागि ४ लाख ७२ हजार १३६ रुपैयाँ खर्च गरेको छ।

झण्डै ५५ लाख रुपैयाँ घुम्दाघुम्दै सकियो

भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ मा भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण प्रारम्भ गरेपछि सम्बन्धित कार्यालयले नियमावलीको अनुसूची ६ बमोजिमको डाँचामा भ्रमण अभिलेख राखुपर्नेछ भनी उल्लेख गरेको छ।

नलगाड नगरपालिकाको कार्यालयले आव ०७९/८० मा भ्रमण, अनुगमन तथा मूल्यांकन शीर्षकबाट ५४ लाख ८२ हजार ४५० रुपैयाँ भ्रमण खर्च गरेको महालेखाले जनाएको छ।

मोबाइल नै १ लाख ३६ हजारका किनिए

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २४ को उपदफा २ मा सरकारी रकम खर्च गर्दा साधन स्रोतको उच्चतम प्रतिफल प्राप्त हुने र प्राप्त प्रतिफलको उचित गुणस्तर समेत कायम हुने गरी मितव्ययी तरिकाले खर्च गर्नुपर्ने उल्लेख छ।

तर नगरपालिकाले १ लाख ३६ हजार २७५ रुपैयाँको मोबाइल फोन खरिद गरेको छ।

त्यसरी खरिद भएका मोबाइल फोन व्यक्तिगत प्रयोग भएको देखिएकाले सरकारी रकम खर्च गर्दा साधन स्रोतको उच्चतम प्रतिफल प्राप्त नहुने गरी र मितव्ययिता कायम नगरी व्यक्तिगत लाभका आधारमा उक्त फोन खरिद गर्ने सम्बन्धितलाई जिम्मेवार बनाई असुलउपर गर्न महालेखाले निर्देशन दिएको छ।

नलगाडले आन्तरिक आयको १९७.०६ प्रतिशत रकम खर्च गरेको छ। नगरपालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ७९.६४ प्रतिशत चालू र २५.२८ प्रतिशतमात्र पुँजीगत निर्माणमा खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ।

महालेखाले ५ करोड २६ लाख ७३ हजार रुपैयाँ बेरुजू देखिएको छ। सो रकममध्ये त्यहाँबाट कुनै पनि प्रतिक्रिया उपलब्ध नभई बाँकी बेरुजु असुल गर्नुपर्ने ८ लाख ५१ हजार प्रमाण कागजात पेश गर्नुपर्ने, १ करोड ६० लाख ४८ हजार, नियमित गर्नुपर्ने, २ करोड ४६ लाख ६४ हजार र पेश्की बाँकी १ करोड ११ लाख १० हजारसमेत ५ करोड २६ लाख ७३ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ। नलगाड नगरपालिकाको बेरुजू १४ करोड ९७ लाख ३७ हजार रहेको छ।

Previous Post

नेप्से परिसूचक ५२ अङ्कले बढ्यो

Next Post

कर्णालीमा माओवादीका मन्त्रीहरूले राजीनामा दिंदै

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
कर्णालीमा माओवादीका मन्त्रीहरूले राजीनामा दिंदै

कर्णालीमा माओवादीका मन्त्रीहरूले राजीनामा दिंदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In