झापामा हात्तीले ४ घरमा क्षति गरे

0

झापा : जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले ४ वटा घरमा क्षति गरेको छ। राति आएका ४ वटा हात्तीले ४ घरमा क्षति पुर्‍याएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पुर्‍याउँदा ३ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए। 

हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उनले बताए।

बिर्तामोड–७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले अस्थायी प्रहरी चौकी गारामनीमा हात्ती बस्ती पसेर स्थानीयको घरमा क्षति गरेको विषयमा जानकारी गराइएको बताए। घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here