शान्तिपूर्ण किसिमले सकियो मतदान : केहीबेरमै नतिजा

0
मतदान गर्दै पूर्व मुख्यमन्त्री राई मोरङ, ११ माघ : कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० स्थित मतदान केन्द्रमा बिहीबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान गर्दै प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई । तस्बिर :मनोज दाहाल/रासस

काठमाडौं : राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचन सातै प्रदेशमा शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ।

आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको मतदान कार्यक्रम शान्तिपूर्ण किसिमले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

१९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। मतदान सकिएसँगै अब राजनीतिक सहमति गरी तुरुन्तै मतगणना कार्य सुरु हुने र आजै मत परिणाम आउने पनि आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here