प्रधानमन्त्री कप क्रिकेट : एपिएफद्वारा बागमतीलाई दुई २४२ रनको लक्ष्य

0

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय ४२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४१ रनको योगदान बनायो।

एपिएफका लागि सन्दीप जोराले एक सय तीन बलमा शतक पूरा गरे। सन्दीपले एक सय १७ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै एक सय १२ रनको योगदान दिए।

त्यस्तै लोकेश बमले २७ रन जोडे भने अमर रौतेलाले २२ रन बनाए। आसिफ शेखले १५ रन बनाए। प्रज्वल शाही र भुवन कार्कीले समान १०÷१० रन बनाए। बागमती प्रदेश शनिबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो।

एपिएफको भने आज नै पहिलो खेल हो। बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी र रिजन ढकालले समान एक–एक विकेट लिए। त्यस्तै सोनु देवकोटाले एक विकेट लिए। बागमती प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here