Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रदेश

लुम्बिनीमा पावर सेयरङिमा कुरा मिलेन, मन्त्री फिर्ता बोलाउने माओवादीको चेतावनी

आशिष सम्बाददाता by आशिष सम्बाददाता
August 28, 2023
in प्रदेश, समाचार, सरकार
लुम्बिनीमा पावर सेयरङिमा कुरा मिलेन, मन्त्री फिर्ता बोलाउने माओवादीको चेतावनी
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बुटवल । लुम्बिनी प्रदेश सरकारमा पावर सेयरिङमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकस भएको छ । ८ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार रहेको छ ।

सहमतिअनुसार साना दलहरू सरकारमा गए पनि काँग्रेस र माओवादीबाट बन्ने मन्त्रीहरूको शक्ति बाँडफाँटमा कुरा नमिल्दा ढिलाइ भएको हो ।
यही कारण मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिन ढिलाइ गरेको नेपाली कांग्रेसका एक प्रदेश सांसदले रातोपाटीलाई बताए । अब पूर्व सहमतिअनुसार नेपाली कांग्रेसले २ र माओवादीले २ मन्त्रालय पाउने भए पनि मुख्यमन्त्री बनेको चार महिना पुग्दासमेत माओवादी र नेपाली कांग्रेसबाट मन्त्री थप्न सकेका छैनन् ।

बजेटपछि सरकार विस्तार गर्ने भनिएको थियो । सरकार विस्तारको काममा ढिलाइप्रति पछिल्ला दिनहरूमा माओवादी र काँग्रेसभित्रै निराश छाउन थालेको सांसदहरूले गुनासो गर्न थालेका छन् ।

माओवादी लुम्बिनी प्रदेश प्रमुख सचेतक इन्द्रजित थारूले मुख्यमन्त्रीले विभिन्न बहाना देखाउँदै मन्त्रीपरिषद् विस्तारमा ढिलाइ गरेको आरोप लगाए ।

उनले भने, ‘पार्टीले तीन जनाको नाम पठाएको मध्ये एक जना मात्रै मन्त्री बनेको अरूलाई मन्त्री बनाउन नसक्दा माओवादी पार्टीको शक्ति कमजोर देखिएको छ ।’ छिटै मन्त्रिपरिषद् विस्तार नगरे ती एक जना मन्त्री पनि पार्टीले फिर्ता बोलाउन बाध्य हुने उनले चेतावनी दिए ।

उनले आफ्नो पार्टीले पाउने अर्थ मन्त्रालयसहित अन्य मन्त्रालयहरू पाउने सहमति भए पनि काँग्रेस भित्रको समस्या विस्तार गर्न नसकेको बताए। माओवादीले दाङका धन बहादुर मास्की, रोल्पाका दीपेन्द्र कुमार पुन र बाँकेकी कृष्णा केसीलाई मन्त्री सिफारिस गरेको थियो । त्यसमध्ये अहिले मास्की अर्थ मन्त्री बनेका छन् ।

माओवादीले सिफारिस गरेको सांसद पुनको नाममा नेपाली काँग्रेसको एउटा पक्षले कडा असहमति जनाएको छ । यहाँसम्म कि नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमै दीपेन्द्र निर्वाचनको बेला अहिलेको गठबन्धन हराउन मैदानमा गएकोले गठबन्धन सरकारले उनलाई मन्त्री बनाउन नमिल्ने माग गरेका थिए ।

रोल्पाका सांसद पुन निर्वाचनको बेला नेपाली काँग्रेस, माओवादीसहित गठबन्धनभन्दा बाहिर स्वतन्त्र रूपमा मैदानमा खडा भएका थिए । निर्वाचन जितेपछि पुनः माओवादी पार्टीमा आएका हुन् ।

यता नेपाली काँग्रेसभित्र पनि मन्त्री बन्नको लागि धेरै आकाङ्क्षी भएपछि निर्णय गर्न समस्या भएको हो । नेपाली काँग्रेसका सांसद प्रचण्ड विक्रम न्यौपाने आन्तरिक कारणले रोकिए पनि अब छिट्टै विस्तार गर्ने पक्षमा मुख्यमन्त्री रहेको रातोपाटीलाई बताए ।

उनले भने, ‘हाम्रो पार्टीमा धेरै आकाङ्क्षी हुनु स्वाभाविक भए पनि पार्टीले जसलाई सिफारिस गर्छ, त्यसलाई मान्ने हुनाले छिटो विस्तार गर्नुपर्ने मान्यतामा छौँ ।’

लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालय छन् । यसअघि गठबन्धन सरकारका बेला मन्त्रालय फुटाएर १७सम्म पुर्या‍इएको थियो । पूर्व मुख्यमन्त्री लीला गिरिले मन्त्रालयको सङ्ख्या घटाएका थिए ।

मन्त्रालय थपेर सरकार विस्तार गर्ने तयारी गरे पनि आन्तरिक कारणले रोकिएको सरकारका प्रवक्ता एवं गृह मन्त्री सन्तोष पाण्डेयले बताए । उनले अबको केही दिनमै विस्तार गर्ने योजना रहेको जनाए ।

अहिले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खानेपानी, ग्रामीण तथा सहकारी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय सम्हालिरहेका छन् ।

सरकारले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र सहरी विकास मन्त्रालयलाई फुटाएर नयाँ मन्त्रालय थप्ने तयारी गरेको थियो । नेपाली काँग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकार विस्तारको विषय व्यापक छलफल भएकाले सायद अव बस्ने संसद्पछि सरकारले पूर्णता पाउने बताए ।

Previous Post

कोशीको पुलमा गाडी रोकेर डाक्टर बेपत्ता

Next Post

विकासको गति अघि बढाउन परम्परागत तरिका बदल्नै पर्छ : प्रधानमन्त्री

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
विकासको गति अघि बढाउन परम्परागत तरिका बदल्नै पर्छ : प्रधानमन्त्री

विकासको गति अघि बढाउन परम्परागत तरिका बदल्नै पर्छ : प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In