काठमाडौँ । नेपालमा पछिल्लाे २४ घन्टाको अवधिमा ७७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ८ हजार २८४ आरटी पिसिआर र २ हजार ५८० एन्टिजेन गरी कुल १० हजार ८६४ जनामा परीक्षण गरिएकोमा ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर १० हजार ३६० जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ९ हजार ७१७ जना होम आइसोलेसनमा, ७४३ संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २५४ जना र भेन्टिलेटरमा ७४ जना उपचाररत छन् ।
मन्त्रालयकाअनुसार साेमबार देशभरबाट ५०१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत छ ।
पछिल्लो २४ घन्टाको अवधिमा १३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ ।