तत्काल उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

0

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमसहित मुलुकका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन्।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँणलाई बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले प्रभावित भएकाहरुको तत्काल उद्दार गर्न र राहतको व्यवस्था गर्न आफूले गृहमन्त्रीलाई निर्देशन दिएको उनले ट्विटमार्फत जानकारी दिएका छन्।

भेटमा गृहमन्त्री खाँणले देशभर बाढी, पहिरोले पुर्‍याएको क्षतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको बुझिएको छ। आज बिहानै गृहमन्त्री खाँणले सुदूरपश्चिम क्षेत्रमा बाढी र पहिरोका कारण प्रभावितहरुको हेलिकप्टरबाट उद्दारका लागि मातहतका निकायलाई निर्देशन दिएका थिए।

आइतबारदेखि परिरहेको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बाढी पहिरोले क्षति गरेको छ। महाकाली नदीमा आठ वर्षयताकै ठूलो बाढी आएको छ। नदीमा आज मध्यान्ह १२ बजेसम्म ५ लाख ४ हजार ५०४ क्यूसेक पानीको वहाव पुगेको छ । महाकाली तटीय क्षेत्रका बस्तीहरु डुबानमा परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here