राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी तीनवटा अध्यादेश जारी गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।
आगामी आर्थिक वर्षका लागि आज बजेट घोषणा हुँदैछ ।















