डा. चेत बहादुर खरेल सम्मानित

0
132


३० असोज २०७६, गोरखा । पालुङटार इसाई समाज तथा पवित्र जागृति सभा गोरखाले एक भव्य समारोहका बीच स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पाष्टर तथा वि.नि.प्र.प. का संस्थापक अन्तरराष्ट्रिय वक्ता रेभ. पा. डा. चेत बहादुर खरेललाई स्वागत तथा सम्मान गरेको छ ।
हिजो २९ गते गोरखास्थित एकता मण्डली छेवेटारमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा ५ वटा जिल्ला, धादिङ, लमजुङ, चितवन, गारेखा र तनहुँ जिल्ला इसाई समाजका पदाधिकारी पाष्टर तथा अगुवाहरू, स्थानीय मण्डलीका पाष्टर अगुवाहरूको बाक्लो उपस्थिति रहेको हो ।

असम्भवका विचमा सम्भव बनेको गोरखा पालुङटार–९, ठाँटीपोखरीमा जन्मनुभएका पा. खरेलको अहिलेको नयाँ जीवनले प्रभुबाट पाएको वरदानलाई प्रयोग गरी देश विदेशमा समेत गई निरन्तर चंगाईको सेवा गर्दै आउनु भएका डा. खरेललाई ५२ वटा जिल्लामा निकै कष्टका साथ सुसमाचार र मण्डली स्थापना कार्यमा एक इतिहास रच्न सफल पा. कालीबहादुर तामाङको हातबाट पा. खरेललाई दोसल्ला ओढाई ससम्मानका साथ सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
मिति २०७६ असोज ५ गते जिसस कलेजमा आयोजित कार्यक्रममा विभिन्न १२ राष्ट्रका संयुक्त विशपहरूको सभाले डाक्टर अफ मिनिष्ट्रि इन हिलिङ्ग पाष्टरल मिनिष्ट्रिबाट मानार्थ विद्यावारिधीको उपाधी दिएर उच्च आदर सम्मान गरेको देख्न पाउँदा गारेखा बासिन्दाहरू हर्षविभोर भएकोले उहाँको कामको उच्च मुल्याङ्कन र कदर गर्दै आदर सम्मानका साथ सम्मान गरिएकोे पालुङटार इसाई समाजका अध्यक्ष पा. सोल फिस्ट लामाले बताउनु भएको थियो । कार्यक्रममा विभिन्न नृत्य तथा गितहरू प्रस्तुत गर्नुका साथै पा. खरेलको जीवनमा आधारित भिडियो र वि.नि.प्र.प.को चंगाई तथा सामाजिक सेवा तथा राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा आयोजित चंगाइका सेवाहरू र पछिल्लो समयमा प्राप्त मानार्थ उपाधिको भिडियो समेत प्रदर्शन गरिएको थियो । कार्यक्रमको कुशल संचालन इसाई समाजका सचिव पा. सुनिल धिताल गर्नुभएको थियो ।
कार्यक्रम पश्चात ५ जिल्लाका पाष्टर तथा अगुवाहरूको संयुक्त बैठकले आगामी दिनमा चाँडै गोरखा जिल्लामा एक वृहत मेगा हिलिङ्ग चंगाई सेवा संचालन गर्ने निर्णय गरेको छ ।

को हुन रेभ. डा. खरेल ?

गोरखा पालुङटार–९, ठाँटीपोखरीमा जन्मनुभएका चेत बहादुर खरेल आमाको गर्भबाट जन्मिएको ९ वर्षसम्म त उनले ओछयानमै दिन अनि रात विताए । ९ वर्षदेखि चार खुट्टे जनावर जसरी उनले चार हात, खुट्टाले टेक्दै घिस्रिदैँ हिँडने गर्थे उनै खरेल । आफनो गाउँको नजीकै सरकारी स्कुल श्री भवानी उच्च मा.वि.मा कक्षा ८ सम्म पढेका उनको विगतका दिन निकै कष्टपूर्ण र चुनौतिपुर्ण रहेको थियो । तर असम्भवका विचमा सम्भव बनेको उनको अहिलेको नयाँ जीवनले प्रभुबाट पाएको वरदानलाई प्रयोग गरी देश विदेशमा समेत गई उनले निरन्तर चंगाईको सेवा गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here