गवाही

स्त्रीलिङ्गी भाषामा परमेश्वरलाई सम्बोधन गरिएको छैन

सम्पादकज्यू,

वर्ष ११, अङ्क ६४, मे २०११ ‘हाम्रो आशिष्’ मा प्रकाशित कमल अधिकारीद्बारा लिखित ‘‘परमेश्वर पुरुष कि स्त्री’ शीर्षकको लेखले हाम्रो ध्यान खिचेको छ र हामी परमेश्वर पिता, पुत्र येशू ख्रीष्ट र पवित्र आत्मा त्रिएक परमेश्वर मान्दै आएका परमेश्वरका जनलाई मर्माहत र क्रुद्ध बनाएको छ। हुन त हामी लेखकलाई असल विचारक र दक्ष लेखन क्षमतावान मान्छौं र उहाँको कलमले आम नेपाली इसाईहरूलाई सहायता पुगेको कुरामा कुनै सङ्कोच छैन। अझ स्पष्ट भन्नुपर्दा उहाँमाथि हाम्रो कुनै आग्रह छ नता पूर्वाग्रह नै। तथापि उहाँको प्रस्तुत लेखप्रति हाम्रो गम्भीर प्रश्न छ। यसमा लेखक नितान्त आत्मवादी वा समग्र नेपाली इसाई विश्वासीको अवस्था बुझ्न नसकेका हुन् वा त्यो ज्ञानै छैन जस्तो देखिनुहुन्छ। अनि यो पत्रिकाको औसत पाठकको विश्वासको स्तर आदिलाई बुझ्न चेतनामा बिर्को लागेको जस्तो लाग्यो। बाइबलमा रूपक र आलङ्कारिक रूपमा परमेश्वरको मानवप्रतिको प्रेम, सहानुभूति, दुःखको बेलाको वेदना प्रकट गर्नेबाहेक कहीं पनि स्त्रीलिङ्गी भाषाको प्रयोग परमेश्वरलाई सम्बोधन गरिएको छैन। तर लेखकले लेखमा उधृत गर्नुभएका खण्डहरू परमेश्वरलाई स्त्रीलिङ्गी पनि हो भनेर प्रमाणित गरेर लाद्न खोजिएको छ, जसमा बाइबलको वचनको अर्थ खोलाइको सामान्य नियमलाई तोडमोड गरी आत्मकेन्द्रित व्याख्या गरी परमेश्वरको वचनमाथि अन्याय गर्नुभएको छ। समग्रमा यो लेख हामी बाइबलअनुसार पिता, पुत्र र पवित्र आत्मा मान्ने बढ्दै गरेका मण्डलीको निम्ति आशिष् र ज्ञान होइन तर श्राप र भ्रम भएको छ।

यो लेखका निम्ति निम्न वाक्य तथा विचारहरूमा हाम्रो घोर विमति छ। हामी २ तिमोथी ३ :१६ अनुसार सम्पूर्ण पवित्रशास्त्र परमेश्वरको प्रेरणाबाट लेखिएकोमा पूर्ण विश्वस्त छौं तर वचनको घोर अपमान गर्दै उहाँले ‘‘बाइबलका तथाकथित पुरुषवादी खण्डहरूलाई प्रयोग गरी कतिले परमेश्वर पुरुष हुनुहुन्छ भनी प्रमाणित गर्ने दुष्प्रयास गरेका छन्।’ मेरो प्रश्न, के बाइबल तथाकथित हो? अर्को प्रश्न, बाइबलले नै अधिकाङ्श ठाउँमा पुरुषको रूपमा र पुलिङ्गी नाम, सर्वनाम प्रयोग गरेको छ भने कतै बाइबललाई नै उहाँले पुरुष भनी दाबी गरेर दुष्प्रयास गर्न खोजेको भनी आरोप लगाएको त होइन? नत्र किन कतिले भनी भनेको? लेखक आफैंले बाइबलमा १७० पटक परमेश्वरलाई ‘पिता’ बाट सम्बोधन गरिएको छ भने पछि त्यस्तै अरू उहाँ उहाँको राजा, राजाको पुत्रको अनि पुलिङ्गी खण्डले नै दुष्प्रयास गरेको ठहर्नुपर्ने होइन र? वा यी सबैले पनि दुष्प्रयास गरेको हो त? यशैया ४२ :१४ मा ‘‘बच्चा पाउन लागेकी स्त्रीझैं म कराउँछु’ को अर्थ म बच्चा पाउने स्त्री भनेको हो र? एउटा बुबाले आफ्नाछोराछोरीलाई म आमाले झैं हुर्काउँछु, खुवाउँछु भनेर भन्यो भने के त्यो बुबाको लिङ्ग परिवर्तन भएर आमा हुन्छ?  के यहाँ म इस्राएलीहरूलाई आमाले भन्दा बढी प्रेम गर्छु, इस्राएलीको वा आफ्नाचुनेका सन्तानको विपत्ति देख्दा मलाई अति नै ठूलो वेदना (जुन सुत्केरी वेदना) भन्दा ठूलो हुन्छ भनेको होइन र? के यसको मतलब तपाईंले पुष्टि गर्न खोजेको जस्तो परमेश्वर आमा वा स्त्री लिङ्ग हो? वा यशैया ४९ :१५ अनुसार के परमेश्वर आमाभन्दा ठूली महान् आमा हो? यशैया ६६ :१३ अनुसार आमाले आफ्नाबालकलाई सान्त्वना दिएझैं म तिमीहरूलाई सान्त्वना दिनेछु भनेजस्तै मानिलिऊँ, एउटा बुबाले छोरा वा छोरी म तिमीलाई आमाले भन्दा बढी माया गर्छु, सान्त्वना दिन्छु भनेर सोहीअनुसार गर्‍यो भने ऊ बुबाबाट परिवर्तन भई आमा हुन सक्छ? लेखले कहीं नभएको जात्रा, हाँडी गाउँमा भनेझैं ‘हराएको सिक्काको दृष्टान्तमा आएकी स्त्रीलाई तोडमोड गरी परमेश्वर स्त्रीलिङ्गी हुनुहुन्छ वा स्त्रीलिङ्गी चरित्र भन्नु कहाँको सठीक अर्थ खोलाइ होला? हाम्रो विचारमा त परमेश्वरले भेटिएका वा बाँचेका ९९ वटा आत्मा वा मानव बढी वास्ता गरी एउटालाई चाहिँ मतलबै गर्नुहुन्न भन्ने बुझेका थियौं। के यसरी परमेश्वरले मानवप्रति आमाले झैं र आमाले भन्दा बढी वास्ता गरेको उपमा वा दृष्टान्तको मतलब स्त्री पनि हुनुहुन्छ भनेको हो? कदापि होइन।

लेखकज्यू, बाइबलले जसरी परमेश्वरलाई सम्बोधन गर्न पिता, पुत्र वा यस्तै पुलिङ्गी नाम र सर्वनाम चलाएको छ, त्यहीअनुसार कुनै तलमाथि नगरी हामीले त्यहीअनुसार पुकार्दा अति राम्रो हुनेछ किनकि येशू परमेश्वरको पिताको प्रतिरूप हुनुहुन्छ र उहाँले भन्नुभएजस्तै जसले मलाई देखेको छ, त्यसले मेरो पितालाई देखेको छ। म र मेरा पिता एकै हौं भन्ने वचनमा विश्वास राख्नेलाई तपाईंको लेखले ठूलो भ्रम छरेको छ र परमेश्वर माता हुनुहुन्छ वा माता परमेश्वर मान्ने इसाई भनाउँदा झुटा समुहलाई मलजल पुगेको कहिल्यै सोच्नुभयो? सायद ‘‘माता परमेश्वर’, ‘‘परमेश्वर माता हुनुहुन्छ’ भन्ने झूटा इसाई भनाउँदा समुदाय तपाईंको लागि अति साँचो होलान्, होइन र?

अर्को मुख्य प्रश्न, के बाइबल सधैं हिब्रू संस्कृतिको प्रभावले गर्दा पुरुषवादी भएको हो? के यसलाई मातृसत्तात्मक ठाउँमा प्रयोग गर्दा आमा-छोरी भनेर पढ्ने? अनि के ती तपाईंले दोष लगाएझैं बाइबलका हजारौं पुरुषवादी खण्ड परमेश्वरको प्रेरणाबाट भएको होइन र? प्रभुमा नयाँ गरी जन्मिएको परमेश्वरको ख्रीष्ट भक्तहरूले परमेश्वरलाई अप्रत्यक्ष वा परोक्ष रूपमा नपुंसक भनी दोष लगाउन मिल्छ? (हामी सच्चा इसाई नम्र, क्षमाशील भएको कारण तपाईंमा दुर्घटना नआउला तर त्यस्तै लेख इस्लामिक धर्मावलम्बीमा भएको भए तपाईंमा के हुन्थ्यो होला?)हामीले नबुझेको अर्को एउटा कुरा तपाईंको लेखभरि कैयौं बाइबल पदअनुसार परमेश्वरलाई वा त्रिएक परमेश्वरलाई स्पष्ट पुलिङ्गीको रूपमा सचित्र वा आकृत देखाए पनि निष्कर्षमा छायाँलाई बढी प्राथमिकता दिएर परमेश्वरलाई स्त्री पनि हुनुहुन्छ भन्न केले प्रेरणा दियो? के धर्मशास्त्रले परमेश्वर शरीरमा देहधारी भई आउनुभएको पुत्रलाई स्पष्ट र आधिकारिक उल्लेख गरेको छैन र?

अन्तमा बाइबलमा परमेश्वरलाई पिता, बुबा, राजा, मालिक, पुत्र र यस्तै पुलिङ्गी नाम र सर्वनामले सम्बोधन गरेको कारण हामी उहाँलाई पिता, पुत्र वा पुलिङ्गी नाम र सर्वनाम195र्‍ारै सम्बोधन गर्छौं र गरौं किनकि बाइबलले यही सिकाएको छ र त्यो पनि स्पष्ट रूपमा, सयौं ठाउँमा। त्यसैले अब यस्ता अस्पष्ट, भ्रामक लेख नलेख्न र नछाप्न समेत हामी अपील गर्छौं।

-पा. हरि गुरुङ

आशिष्

आशिष्

केशरकुमार सुनुवार,

मेरो जन्म ओखलढुङ्गा जिल्ला खिजीकाती गा.वि.स.वडा न.४ निवासी पिता नरबहादुर सुनुवार आमा दिलमाया सुनुवारको कोखबाट वि.स.२०३५ सालमा भएको हो। म सानो हुँदा नै मेरो जन्म दिने आमाले वि.स.२०४७ सालमा संसार छोड्नुभयो। म टुहुरा भएँ, आमाको मायाबाट बञ्चित भएँ, जुन आमाले संसार छोडने बेला बोलेको अन्तिम शब्द यहाँ उल्लेख गर्न चाहन्छु। “मेरो छोराले दुःख पाउँछ।” त्यही बेला अरू मानिसले सोधे, “छोरीले चाहिँ दुःख पाउँदैन?” “छोरीको उमेर पुगेको छ।” “किन रुन्छस छोरा !” मात्र भन्न पाउनुभयो। मेरो अगाडि आमा–आमा भन्दाभन्दै आमाले संसारबाट बिदा लिनुभयो। आमाले भनेजस्तै मेरो जीवनमा दुःखको दिन त्यही रातबाट सुरु भयो। आँशु नै आँशुको जीवन पीडा नै पीडाको जीवन कहालीलाग्दो थियो। त्यो दिन सम्झना पनि सक्दिनँ तर अतीत बल्झन्छ कहिलेकाहीँ जति बेला भोक लाग्थ्यो, मैले खाना पाउँदिनँ थिएँ। आमाको मायाको खाँचो थियो। म कति कुराबाट बञ्चित थिए। साँच्चिकै यो टुहुरोले कसैको माया र साहरा पाउन सकेन, कस्तो अभागी जीवनमा ! आमाको सम्झना आलो हुँदा नै कान्छी दिदीले पनि विवाह गर्नुभयो। त्यही समयमा घरमा बस्न सकिनँ, माया र साहरा खोज्दै पागलजस्तै म धरानमा दाइहरू खोज्न हिँडे तर मसँग ठेगाना थिएन। नामको भरमा धरान बसपार्क वरिपरि पागलजस्तै घुमें। सोध्दै हिडें केही समयपछि एक जना दाइले सहयोग गर्नुभयो। तर मेरो दाइसँग भेट भएको थिएन। कस्तो हुनुहुन्थ्यो? मलाई थाहा थिएन। दाइको कोठा भनेर पुर्‍याउनुभयो तर दाइको कोठा हो कि अर्काको कोठा हो डर लागिरहेको थियो। त्यहाँ भाउज्यू र बच्चा मात्र हुनुहुन्थ्यो। पछि दाइ आउनुभयो। कान्छा हो? भन्नुभयो, मैले पनि उत्तर दिए हो। खुसीको सीमा रहेन, ममा किन किन हराउनबाट बाँचेकोमा अनि दाइ भाउज्यूसँग भेट भएको केही दिनपछि काका काकीसँग भेट भयो। त्यही समयमा मैले काका झप्तजोन सुनुवारबाट सुसमाचार सुन्ने मौका पाएँ। हाम्रो घरमा काकाले पहिले नै बाइबल र अन्य सुसमाचारका किताबहरू सुसमाचारको लागि बुबा र आमालाई दिनुभएको रहेछ। मैले पनि घरमा किताबहरू पढ्ने मौका मिलेको थियो। त्यो किताबहरू पढेको भरमा हामीलाई ख्रीष्टियान हो भनेको रहेछन्। हाम्रो छिमेकीले धन्यवाद प्रभु–येशूमा मैले पनि २०६० सालमा ज्ञानेश्वर चर्चमा ग्रहण गर्ने मौका मिलाउनुभयो। म केही समय चर्चमा गए तर पछि म बाइबलको नियम अनुसार हिँड्न सकिनँ। म आफ्नै संसारको जीवन बिताएँ चर्च जान छोडं,े म टे्रकिङ् पेशामा विदेशीहरू हिँडाउन थालें, उनीहरू पनि ख्रीष्टियानहरू नै थिए तर बियर र रक्सीहरू पिउँथे। ममा पनि पिउने बानी पर्‍यो। म नराम्रो कुलतमा फसंे। नौ वर्षपछि टे्रकिङ् पेशा छोडेर मलेसिया पलायन भए। त्यहाँ पनि चर्च र संगती गर्ने मौका मिलेको थियो तर कुलतको कारण म जान सकिनँ तर सपनामा मैले प्रार्थना गरेको हुन्थें। एक जना साथी विश्वासी थियो। के हो विपनामा चाहिँ नगर्ने, सपनामा चाहिँ गर्ने? मलाई पनि याद हुन्न थियो। म आपत्मा परेको बेलामा प्रार्थना गरेको हुन्थें। मलाई सोचेको जस्तो सफल मिलेन मलेशियामा पनि किनकि मेरो नराम्रो गरी रक्सी खाने बानी थियो, बिना पैसा नेपाल फर्कें किनकि कमाउन सकिनँ। समयको दौडसँगै मेरो एउटा इन्टरनेट मार्फत चिनेको साथी अफ्रिका राईसँग भेट भयो र उनीसँग नै मेरो विवाह भयो। एउटा स्टेसनरी पसल खोलें। खासै राम्रो भएन, समस्याहरूले सताउन थाल्यो, त्यही समयमा मेरो श्रीमती गर्भवती भइन। चारैतिरबाट सतावट आयो, समस्याको थुप्रो लाग्यो, पैसाको अभाव, मेरो जीवन सङ्घर्षले बित्यो। २०६६ सालको १९ गते बेलुकी १० बजे मेरो श्रीमतीलाई व्यथा लाग्यो। एकजना काकी र भाइसँग थापाथली अस्पतालमा लगियो। भर्ना गरेपछि म भाइ कोठामा फर्के। भोलिपल्ट बिहानै अस्पतालमा पुगियो तर मेरो श्रीमतीले बच्चा जन्माउन नसकेको खबर काकी र डाक्टरबाट थाहा भयो। काकी पनि आत्तिनुभयो। व्यथा लामो लाग्यो मेरो मुटुले ठाउँ छोडिसकेको थियो। त्यही बेला फेरि काकीले भन्नुभयो, “छोरीसँग म बस्न सक्दिनँ, म झन कमजोरी भए।” मसँग पैसा पनि थिएन, मेरो घरको आफन्त पनि कोही थिएन, म विचलित भए। त्यही समयमा डाक्टरले बोलाउनुभयो। “तिमी भित्र आफ्नो श्रीमतीसँग बस्न सक्छौं?” मैले सक्छु भने किनकि मेरो सहारा नै मेरो श्रीमती थिइन्। मेरो आफन्त पनि नभएकोले म आफंै जाने निधो गरें। तर छोरा मान्छेलाई अनुमति थिएन रहेछ। भित्र जानलाई समस्या जटिल थियो। म भित्र गएँ, श्रीमती हेर्नलाई तर भित्र मर्नु र बाँच्नुको दोसाँधमा रहेछ। मेरो श्रीमती झन मलाई देखेपछि रुने र कराउन थालिन्। मैले जीवनमा नदेखेको र नभोगेको कष्ट मेरो श्रीमती अन्य नारीले भोगेको देखें, मेरो दिमागले काम गर्न छोड्यो। के गर्ने, के नगर्ने छुट्याउन सकिनँ। डाक्टरले अप्रेशन गर्नुपर्छ होला भन्नुभयो। मेरो श्रीमतीको ज्यान खतरामा थियो। म रुँदै प्रार्थना गरे परमेश्वरसँग त्यहाँ परमेश्वरको उपस्थित भयो अनि अचम्मको काम गर्नुभयो। प्रार्थना गरेको १० मिनेटपछि मेरो श्रीमतीले ४ किलोको छोरीलाई बिनाअप्रेशन जन्म दिइन्। मेरो प्रार्थनाको उत्तर १० मिनेटमा दिनुभयो। मेरो प्रार्थना सुन्नुभयो अनि देख्नुभयो अनि छुनुभयो, मैले साँच्चिकै परमेश्वरबाट आशिष् पाएँ। मेरो छोरी नभएर परमेश्वरको छोरी जन्मेकोमा खुसीले प्रभु येशूको नाउँमा धन्यवाद चढाएँ। आमेन।

Email: kishorsunuwar@yahoo.co.uk

धन्यवाद येशू तपाई‌‌लाई मेरो छोरी बचाइदिनुभएकोमा

धादिङ जिल्लाको केवलपुरमा जन्मिएकी मन्दिरा सुवेदी हाल केवलपुर मा.वि. चिउरीपाटीमा कक्षा ७ मा पढ्‍छिन्‍ । २०६७, जेठ १५ गते शनिवारको दिन ठीक १२ बजे अचानक बिमारी परिछिन्‍ ? वर्ष १३ बिचरीलार्इ पेटमा गोला हिँड्‍न थालेछ । रुन, कराउन र उचालिन, पछारिन थालिछिन्‍ । रामेछापमा नोकरी गरी बस्ने मलार्इ मोबाइलमा फोन आयो । छोरी मर्ने भइन्‍, सबै गाँउघरका दाजुभाइहरू जम्मा भएछन्‍ । कोही अस्पताल लान स्टेचर खोज्न लागे, कोही अक्षता फाल्न । दुर्इ घन्टाको दुखाइपछि त्यसै निको भयो, सबैमा खुसी छायो । त्यसको ठीक एक हप्तापछि फेरि त्यस्तै हालत भएको खबर पाएर आफू घरमा गर्इ काठमाडौंको मोडेल अस्पताल पुर्‍याएँ र भिडियो एक्सरे गरेर रगत र पिसाबको जाँच गरें । केही रोग देखिएन । डाक्टरले ग्यास्टिक भनी औषधी दिए । औषधीले कुनै कामै गरेन, डा. विश्वबन्धुलार्इ देखाइयो । उहाँले दिनुभएको औषधी खाँदा झन्‍ बढी भयो । धामीझाँक्री गर्न थालियो, जति गरे पनि निको भएन ? २०६७, भाद्र १६ गतेबाट छोप्न र बक्न थालिन्‍ । मेरो गुरुबा, फलानो गुरुआमा, फलानो आयो, मलार्इ तान्यो भन्थिन्‍ र उत्तानो सुतेकी छोरी पाँच हात अगाडिपछाडि सल्ल बगेर पुग्थिन्‍ र रुन्थिन्‍ ? तीनले तान्दा पनि गाह्रोगाह्रो पर्दथ्यो । कुनै बेला चिथोर्ने, कोपर्ने, थुक्ने, लात्ताले हान्ने, फोहोर शब्द बोल्ने, जसलार्इ भेट्‍यो, उसको घाँटी निमोठ्‍ने, हाँडीको कालो मुखमा दलेर कालोबिर हुँ तँलार्इ खाइदिन्छु भन्दै नाङ्गै पनि हिँडिन्‍ बिचरी आफैं ? एकदिन तेरी छोरी भीरमा लडाएर मार्छु भनेर  बकिन्‍ । भीरमा गएर हाम फाल्न आँटिन्‍ र बल्लबल्ल समात्न भ्याएँ । जबर्जस्ती लडाएर जिउ थिची उनको हातगोडा बाधें । उनलार्इ होस आयो र किन थिचेर मार्न आँटेको भन्दै रुन लागिन्‍ ? मेरो मुटु फुट्‍यो, आन्द्रा छिन्यो भन्दाभन्दै आँखा सेतो पारी जिब्रो टोकिन्‍ । छोरी मरी भनेर हामी दुवै रुन थाल्यौं । कोही आए भने बाँधेर लडार्इ मारेका भन्छन्‍ भनेर हतार गरी फुकाउँदा दुवै लात्ताले एकैचोटि मुखमा हानी । म लडें । दुवै जना मुर्छा पर्‍यौं । छोरी उठेर ठूलो स्वरले हाँस्दै भाग्न लागी । समातेर हातगोडा बाध्यौं, तन्नामा पोको पारी छिमेकीको सहायताले घरमा पुर्‍याइयो । बाँधेर राख्नुबाहेक अरू काम भएन । दिनमा पटकपटक गरी १ वा २ घन्टाभन्दा बढी उनी होसमा रहिनन्‍ । जम्माजम्मी ९ जना झाँक्री लगाइयो । सबैले वीर र मसान उठाएर अर्काले लगाइदिएको भनेर मन्छाइयो । राती खोलामा लगी बोका   काटियो । कुखुरा र परेवा पनि तर बिसेक भएन, छोपि नै रह्यो ।

२०६७/६/१० गते मानसिक अस्पताल लगनखेल पुर्‍याएँ । डाक्टरलार्इ पनि चिथोरिन्‍ । त्यहाँ टाउकाको सिटीस्क्यान र अल्का अस्पतालमा र्इ.र्इ.जी.गरियो । डा.राजेन्द्र श्रेष्ठले त्यस्तो खराब केही पनि छैन, हल्का खराब छ । यो औषधी खुवाउनू, एक महिनामा ठीक हुन्छ भने । त्यही रिपोर्टसहित पाटन अस्पतालमा जचाउँदा रोग छैन भनी एउटा टाब्लेट पनि लेखिएन ।  तीन दिन काठमाडौं बस्दा मन्दिरालार्इ केही पनि भएन ? घरमा ल्याएपछि फेरि उस्तै हुन थाल्यो, छोरीलार्इ निको हुन्छ भन्ने ९९ प्रतिसत आशा मर्‍यो ।०६७/६/१६ गते महादेवबेसीको एल–एलीना मण्डली गयौं । त्यहाँ पनि ४/५ पटक छोप्यो । पास्टर गोपाल मगरसहित विश्वासीहरूले प्रार्थना गर्नुभयो र बाइबल पनि दिनुभयो । आफ्‍नो घरको नजिक विश्वासी नभएको कारण झन्‍ बढी हुन थाल्यो छोपेको बेलामा आफैं नाच्ने, हाँस्ने, तेरी छोरी खान्छु भन्न थालिन्‍ । मन्दिरा आफैंलार्इ डर लाग्यो । ६/२२ गते रातीको २ बजे हेटौंडा हाँडीखोला पुर्‍यायौं । २३ गते त्यहाँको मण्डलीमा गयौं, उनलार्इ छोपि नै रह्यो । २४ गते पास्टर गोबिन्द ढकाल आउनुभयो र प्रार्थना गर्दा बल्ल डराउन लागिन्‍ । २५ गते ए.जी मण्डली हेटौंडामा पास्टर हरि लामाले प्रार्थना गर्नुहुँदा रुन थालिन्‍  छोरी । २०६७/६/२७ गते विश्वासी टंक पुडासैनी र भुवन तिवारीको अगुवाइमा बाबुछोरीले ग्रहण गर्‍यौं ? अगाडि बाइबल देखे झम्टिने, किताबलार्इ थुक्ने, कुल्चिने गर्नेले त्यो दिन मैले बाइबल पढ्‍दा म जान्छु भन्दै रुन थालिन्‍ । उनको जिउ चिलाउने र सुन्निने १०२ डिग्रीसम्म जरो आयो, डर लाग्यो । तर २०६७/५/१६ गतेबाट दैनिक १ देखि २ घन्टा मात्र होसमा हुने गरेकी तर ६/२८ गते दिनभर बेहोस भइनन्‍ २९ गते बिहान प्रार्थना गर्दा २० मिनेट छोप्यो । २ दिनपछि ०६७/७/१ गते १० मिनेट । ६ गते ३० मिनेट र ९ गते ५ मिनेट १६ गते ४ घण्टा शैतानले सताएको थियो । हाल मन्दिरालार्इ राहत त मिलेको छ । पूर्णरूपमा निको भइसकेको भने छैन र मकवानपुर हाँडीखोलामा बसी सङ्गति गरिरहेकी छिन्‍ । म उनको बुबा रेबतीप्रसाद (सुब्बा) सुबेदी रामेछाप मन्थलीमा डिप्रोक्स नेपालमा काम गर्दै पास्टर नोयल खड्‍काको अगुवाइमा सङ्गति गरिरहेको छु ।

Advertisement