एस्तर थापा मगर, पाल्पा ::
अन्त कतै मन नडुलाउ मित्र
ख्रीष्टमा एकता हुन्छ नै
तर जानेर पनि टाढा भयौ भने मित्र
प्रभुको मन धेरै रुन्छ नै।
सधैं रोगदेखि चङ्गाइ पाउँछौ मित्र
ह्दयदेखि विश्वास गरेपछि
राम्रो मान्छे सबैले भन्छन् मित्र
असल ख्रीष्टियान भई नाम छरेपछि।
संसारको दुईदिने मूर्तिपूजामा मन नलगाइ
केवल ख्रीष्टमा मात्र मन लगाउ
आफू ख्रीष्टमा बलियो भई केवल
नयाँ आत्माहरू पनि जगाऊ।
कति दिन बस्छौ र मित्र संसारको
त्यो नराम्रो बन्धनमा भूली,
अब छिट्टै आऊ मित्र ख्रीष्टमा
प्रभुको त्यो अमूल्य रगतलाई अङ्गाली।
जति मूर्तिपूजा गरे पनि आखिर
संसारमा शान्ति पाइनेछैन,
ख्रीष्टदेखि टाढा भई बसेर
कहिले नयाँ आत्माहरू जगाइनेछैन।
हाम्रो एउटै हो लक्ष्य एउटै हो
उद्देश्य ख्रीष्टमा हौं सबै एकता
जति दुःख आए पनि प्रभुमा
आनन्द मनाउने हो हामी सबैको प्रतिबद्धता।
राजु घतानी, काभ्रे::
सेना हामी येशू ख्रीष्टको आत्मिक लडाइँमा
अगिअगि बढ्छौं, लड्छौं उनैको बढाइमा
हिम्मत गरी अगि बढौं आत्मिक युद्ध मैदान
जित हाम्रो हुन्छ यहाँ हारेको छ दुष्ट शैतान
सुसमाचारको जुत्ता लगाई पाइलाहरू चाल्नुपर्छ
आत्माको तरवार बोकी शत्रुहरू ढाल्नुपर्छ
धार्मिकताको पाता लगाई दह्रो पारौं आत्मिक छाती
विश्वासको ढाल उठाऔं शत्रु भनी बैरीमाथि
आफ्नो कम्मर सत्यताको पेटी लगाई कस्नुपर्छ
शत्रु आए लड्न भनी तयार भई बस्नुपर्छ
वाण कतै आए भने एक भई जुट्नुपर्छ
मुक्तिको टोप लगाई जुर्मुराउँदै उठ्नुपर्छ
कदम हाम्रो चाल्नुपर्छ विजयको नारा लाउँदै
येशू ख्रीष्टको बढाइमा जयको गीत गाउँदै
मुक्तिको पथमा हामी अगिअगि बढ्नुपर्छ
ख्रीष्टिय जीवन जिउन सधैं आत्मिक लडाइँलड्नुपर्छ
मिलनकुमार अधिकारी::
ए कता? एकता सुन्न पा’ छैन।
एकताको नाममा सभा राख्न भ्या’छैन।।
गरौं भन्ने ए कता हराए?
सुरु गर्दै सुरुङभित्र आफैं बिलाए।
त्यसैले भो अब एकताको कुरै नगरौं।
एकताको कुरा गर्दा ए ! कता को? भन्लान्।
एकताकै कुरा गर्दा त्यो एक ताको ठान्लान्।।
यस्तो कुरा सुरु गर्दा पद चाहिएछ बुझ्लान्।
यसो मेसो पाए आफैं अर्को बैठक डाक्लान्।।
त्यसैले भो अब एकताको कुरै नगरौं।
संसारभरि झण्डै पचास हजार सम्प्रदाय पुग्यो रे।
हाम्रै देश नेपालमा दुई सय नाघ्यो रे।।
रातारात रेभरे48ड र डाक्टर हुने देशमा।
कोभन्दा को कम हुने अध्यक्षको रेसमा।।
त्यसैले भो अब एकताको कुरै नगरौं।
एकताको कुरा गर्दै मिटिङसभा हुन्छ।
गफै त हो !द्र सबै भन्छन्, अब पक्का हुन्छ।
यसैबाट कति जना चिनारीमा आउँछन्।
कोही फेरि खुट्टा तान्न अर्कैतिर धाउँछन्।।
त्यसैले भो अब एकताको कुरै नगरौं।
जसले गर्छु भन्यो, अहिले उसैलाई भो झन्झट।
कति समाइराखँन् बरै यो भालुको कन्चट।।
नता सकिन्छ जोड्न न सकिन्छ छोड्न।
येशँको चेलाले हुन्न टाउको फोड्न।।
त्यसैले भो अब एकताको कुरै नगरौं।
साँच्चै एकता भयो भने अर्को के गीत गाउने?
अध्यक्ष र संयोजकको पद नि कसले पाउने?
एकता साँच्चै भइदिए कतिको रोजीरोटी गुम्ला।
एकता भए फेरि कतिको जिउ कुर्सीमाथि घुम्ला।।
त्यसैले भो अब एकताको कुरै नगरौं।
एकताको कुरा गर्नेले येशँलाई हेरौं।
एकताले प्रेम ल्याउने होइन, त्यसैले पहिले प्रेम गरौं।।
प्रेम गर्न थालेपछि एकता नि आउँछ।
चेला भनी चिनाउनलाई प्रेम गर्नैपर्छ।।
त्यैले भो अब एकताको कुरै नगरौं।
तर एकले अर्कालाई आफँलाई झैं प्रेम गरौं।
सगुन राजभण्डारी, हङकङ::
श्रद्धान्जली अर्पण गर्छु त्यो तिम्रो तस्विरलाई
कसरी सहूँ के गरी बिर्सूँ तिम्रो त्यो
आँखाभरि आँशु बोकी तिमीलाई खोजी हिँडें
बिषाक्त एक्लो यो जिन्दगीमा आँशु पिई तड्पिएँ
सम्झीसम्झी भक्कानो फुट्छ मुटु जल्ने गरी
वरिपरि सबैलाई देख्छु तिमी नै हौ कि भनी
जता हेर्यो उतै मलाई एक्लोजस्तो लाग्छ
समस्या उठ्छ सागरजस्तै बिचलित भई आउँछ
दुःख, सङ्कट आइपर्यो विदेशिएर हिँड्दा
निरास लाग्यो आज मलाई भाइले छोडी जाँदा
तिम्रो भाइ छैन भन्छन् तर विश्वास मलाई लाग्दैन
फोन गर्थ्योँ सधैं मलाई त्यसैले मन मेरो मान्दैन
सपनीमा तिमीलाई नै बसिरहें कल्पीकल्पी
एक पटक बोलिदेऊ न दिदी भनी सम्झी
याद आउँछ सधैं तिम्रो बितेका दिनलाई सम्झी
सबैलाई सोधी भन्छु भाइ मेरो कहाँ छ भनी
निद्रा, खुसी सबै मेरो हराई लग्यौ
सागरझैं तिम्रो मायालाई कसरी भुलूँ मैले
बेहोस हुन्छ जीवन मेरो निरासको कारणले
ह्दय मेरो तड्पिन्छ सधैं तिम्रो सम्झनाले
निको होस् भनीकन दिनहुँ प्रार्थना गरिदिएँ
येशँलाई प्यारो लागी आफ्नै घर लगिदिए
प्रदिप तिम्रो मायालाई सधैं सम्भि्करहनेछु
विश्वास गर्छु येशँमा एकदिन तिमीलाई भेट्नेछु ।
मिलनकुमार अधिकारी
आफूलाई महान् सम्झी चर्च-चर्च धाउँथ्यो।
सुपर आत्मिक ऊ, गिटार बोकी गीत पनि गाउँथ्यो।।
अचम्मको थियो, औंसीपूर्णेमा मात्र चर्च आउँथ्यो।
तर अरू नै चर्च र संस्थाको भोज भतेरमा खुब रमाउँथ्यो।।
नारद बनी यताका कुरा उता पुर्याउँथ्यो।
बल्ल चर्च खोलेछ, अब त चेतला कि?
वचन प्रचार सुन्नै नसक्ने सधैं बाहिर बस्थ्यो।
‘वचन सुन्नुपर्छ’ भन्दा विवाद गर्न कम्मर कस्थ्यो।।
खुबी पनि कस्तो? अरूको कमजोरीको महाग्रन्थ नै लेख्थ्यो।
पास्टर अगुवाको सम्पत्ति त मुखाग्र जोड्थ्यो।।
अर्ति र ज्ञान दिनै नहुने सम्बन्धै तोड्थ्यो।
बल्ल चर्च खोलेछ, अब त चेतला कि?
भेटीको झोला उसकै हुनुपर्ने सापटी पनि तिर्दै नतिर्ने।
समझदारी र आत्मिक भाषा नै नबुझ्ने।।
तर आज यो देशमा जसले पनि चर्च खोल्ने।
त्यसैले नेपालमा चर्च कस्तो कस्तो भो।।
साइँलीले बेच्ने सोमरस पसलभन्दा नि सस्तो भो।
बल्ल चर्च खोलेछ, अब त चेतला कि?
सबैतिरको तरकारीको स्वाद उसको जिब्रोमा बस्यो रे।
पछिल्लो चर्चमा त झन नुन धेरै चर्को रे।।
त्यसैले भनेजस्तै चर्च आफैं खोल्नुपर्यो रे।
चर्च सुरु नहुँदै तीन ठाम सर्नुपर्यो रे।।
बल्ल चर्च खोलेछ, अब त चेतला कि?
हिजो पास्टर अगुवाले यो गरेन, त्यो गरेन भन्नेले
अब कस्तो वचन प्रचार गर्ला?
बिरामीकोमा गएर कति सेवा गर्ला?
प्रार्थनामा पनि कति घुँडा टेक्ला?
रोगीलाई नि कति सहयोग देला?
घरेलु संगति कहाँ कहाँ पुग्ला?
यो भएन, त्यो भएन, अब कसलाई भन्ला?
बल्ल चर्च खोलेछ, अब त चेतला कि?
अन्तमा, अरूलाई नाप्नेले आफूलाई नापिन्छु भनी थाहा गर्नुपर्छ।
दोष लगाउँदा दोषी ठहरिन्छ भन्ने ज्ञान हुनुपर्छ।
चर्च खोल्नुअघि ह्दय येशूलाई खोल्नुपर्छ
पास्टर हुनुभन्दा पहिले ख्रीष्टियान बन्नुपर्छ।।
बल्ल चर्च खोलेछ, अब त चेतला कि?
- मिलनकुमार अधिकारी,
धेरै भने यो खाल्डो सुनसान भाँडो
कि आजकाल हामीले खबर नपा’को?
खै त? क्रुसेड कसैले गर्दैन?
कि आजकाल पापले कोही मर्दैन?
पहिले गर्नेलाई हेरौं, कति विदेश पुगे
कति घरकीलाई छाडी अर्कोतिर लागे
कति झुटा शिक्षाझैं झुके
येशू पथमा हिँड्न नै चुके
त्यसैले लौन फेरि एउटा क्रुसेड गरौं।
हुँदाखानेबाट हुने खाइने नि भइने
तुरुन्तै के भन्छ? रेभरेण्ड पद नि पाइने
पत्रिका र एफ.एम.मा घरिघरि छाइने
रातारात नेटवर्ककै नेता बनिने
त्यसैले लौन फेरि एउटा क्रुसेड गरौं।
फरक फरक होटलमा पटकपटक खाइने
मिटिङ्ग पनि पुनः पुनः बसिने
मेनु हेर्दै इटिङ्ग, थपिथपि गरिने
वरिष्ठ सबैलाई सल्लाहकार बनाइने
त्यसैले लौन फेरि एउटा क्रुसेड गरौं।
श्रीमतीको आफ्नै प्रोजेक्ट हुने
नगदको झोला भाइको जिम्मामा पुग्ने
सालो पनि अब एक्टिभ हुन पाउने
सालीले ट्यालेन्ट पूरै देखाउने
भाइ भतिजा सबैलाई काम पनि हुने
गोजी र थैलीमा दाम पनि हुने
त्यसैले लौन फेरि एउटा क्रुसेड गरौं।
आइपड र ल्यापटप भट्भटे फेरिने
भरसक नयाँ चारपाङ्ग्रे चढिने
के थाहा २-४ आना जग्गा पनि जोडिने
बिस्तारै होम अनि कलेज नि खोलिने
त्यसैले लौन फेरि एउटा क्रुसेड गरौं।
सात समुद्रपारि आफ्नो नाम अङ्ग्रेजीमा पुग्ने
इन्टरनेट देवलोकमा काम पनि पुग्ने
चाँडै भ्रमण निमन्त्रणाको सम्भावना हुने
भिषा आएर आफ्नै पासपोर्टमा टाँसिने
त्यसपछि त आहा! अङ्ग्रजीमा हाँसिने
त्यसैले लौन फेरि एउटा क्रुसेड गरौं।
आफूमाथि कसैको अधीन नहुने
सेवकाइबाट इन्टरनेसनल मिनिष्टि्रमा पुगिने
दुई चार जना सहयोगीलाई सपोर्ट नि जुटाइने
घाटा छैन! आहा! फइदा सबै आफ्नै बनाइने
त्यसैले लौन फेरि एउटा क्रुसेड गरौं।
अन्तमा, क्रुसेडमा आउने धेरै प्रभुमा बाँचेका छन्
चङ्गाइ र छुटकारा पाएर खुसीले नाचेका छन्
मण्डलीहरूले आशिष् पाएका छन्
महान् प्रभुका दासहरू यस देशमा आएका छन्
भन्नेले जे-जे भन्दै गर्छ
प्रभुको काम हामीले गर्नैपर्छ
त्यसैले लौन फेरि एउटा क्रुसेड गरौं
-दिल थापा
उहिलेउहिलेझैं अहिले पनि मैले एउटा लक्ष्य राखेको छु
यस वर्ष पनि आउदो वर्षको लागि मैले एउटा आशा लिएको छु
यात्रा कठिन छ तर मन बलियो पारी सङ्कल्प लिएर अघि बढेको छु
केवल मलाई तपाईंको खाचो छ, बिन्ती छ हे येशू…
विगत वर्षहरूमा आफ्नै लापरवाहीले बाटो बिराएका दिनहरू धेरै छन्
ती वर्षहरूमा दुर्बल परिस्थितिले बिरामी पारेका दिनहरू थुप्रै छन्
यस वर्ष यिनलाई नदोहोर्यारउने आशा र अनगिन्ती कल्पनाहरू छन्
केवल मलाई तपाईंको खाचो छ, बिन्ती छ हे येशू…
मन टुट्यो, कतिको मन पनि टुटाए, निराश भए, धेरैलाई निराश गराए
सुखदुःखका दिनहरूमा हासो र रोदनको संगममा, जित र हारको दोहोरी खेलें
हिंड्दा हिंड्दै पथभ्रान्त बटुवाझैं यताउता भौंतारिंदै आफैलाई हराए
कहाली लाग्छ, एक्लै हिंड्दा केवल तपाईंको खाचो छ, बिन्ती छ हे येशू…
जीवनदेखि वितृष्णा जागेका दिनहरूमा तृष्णा मेटाउने जमर्को गर्दै
टिठलाग्दो मलिन अनुहारमा दीर्घकालीन खुसी समेट्ने आशा राख्दै
ओखतीले छुदै नछुने रोगको चपेटामा पिल्सिएर आत्तिंदै पाइला अघि सार्न गाह्रो भो, बिन्ती छ हे येशू…
गरुङ्धा पाइलाहरू चाल्दै मलाई अघि बढ्न गाह्रो छ तर बढ्नै पर्छ
नचाहेर पनि पछि हेर्दा मलाई कहाली लाग्छ तर हेर्नै पर्छ
अज्ञानतामा पाइला सार्दै छु बिरानो वर्षतिर अनायशै मलाई तपाईंको खाचो छ, बिन्ती छ हे येशू…
दिन ढलिसक्यो समयले नेटो काट्यो नया वर्षले पर्खंदैछ
खुसीले हासयो, दुःखले रुवायो हाल सबैको यस्तै छ
संघारमा तेर्सिएको नया वर्ष तीतो होस् वा गुलियो, सबैले यो चाख्नैपर्छ
येशू आए वेश होला, बिन्ती छ हे येशू…।।
पा. लालसिंह गुरुङ ,
को. स्वागत गर्दछु येशू प्रभु तिमीलार्इ… २
संसारमा जन्मेको यो शुभदिनैमा… २
धन्यवाद चढाउँछु मेरो प्रभुलार्इ… २
खुसी र आनन्दको यो बडादिनैमा… २
पवित्र आत्माबाट कन्या गर्भ भएछन्… २
तिनले एउटा पुत्र जन्मार्इ येशू नाउँ राखेछन्… २ हो…
को. स्वागत गर्दछु …२.
मरियमले पुत्र जन्मार्इ इम्मानूएल राख्नेछन्… २
जसको अर्थ परमेश्वर हामीसँग हुनेछन् … २
को. स्वागत गर्दछु …३.
बेथलेहेम गाउँमा येशू ख्रीष्टको जन्म भयो … २
मुक्ति दिन हामीलार्इ संसारमा आउनुभयो … २ हो …
को. स्वागत गर्दछु …४.
हेर दाजु, हेर बहिनी येशूलार्इ निम्त्याऔं न… २
आफ्नोआफ्नो ह्दयमा येशूलार्इ देऔं जन्मन… २ हो …
को. स्वागत गर्दछु …
देखेर मात्र होइन, केही देखाएर देखाऊ
बोलेर मात्र होइन, केही गरेर देखाऊ
येशू ख्रीष्टले जति गर्नुभयो, त्यति मात्र होइन
उनको निम्ति अझै बढी गरेर देखाऊ।
संासारिक दौड मात्र किन दौडन्छौ
अगम्य मुकुटको लागि पनि दौडे
आशा, विश्वास र प्रार्थना त गर्छौ
एकअर्कालाई प्रेम पनि गर्ने गर। कोही छैन भन्दैमा हतास किन हुन्छौ
स्वर्गमा त हुनुहुन्छ नि
उनको लिखित वचनअनुसार जिउने गर अन्त्यमा तिम्रो ठीकसाग न्याय हुन्छ अनि।
त्यसैले… देखेर मात्र होइन, केही देखाएर देखाऊ बोलेर मात्र होइन, केही गरेर देखाऊ येशू ख्रीष्टले जति गर्नुभयो, त्यति मात्र होइन उनको निम्ति अझै बढी गरेर देखाऊ।