सर्वाङ्गीण सेवामा ख्रीष्टियान युवाहरूको भूमिका विषयक दुईदिने कार्यशाला गत असार २७-२८ मा ललितपुरमा सम्पन्न भएको छ। माइका नेटवर्क नेपालको आयोजना र विभिन्न मण्डली तथा समुहका युवा अगुवाहरूको सहभागितामा भएको उक्त कार्यशालामा ख्रीष्टियान युवाहरूको भूमिका र सामाजिक रूपान्तरका विषयमा छलफल भएको थियो। सो कार्यशालाको सहजीकरण माइका नेटवर्कका संयोजक थिर के.सी., यु एम एनका वकालत सल्लाहकार बेन थुर्ली, अर्जुन पाण्डे लगायतले गर्नुभएको थियो। सो कार्यशालाले खीष्टियन युवाहरूको सकरात्मक भूमिका नियमित भेटघाट तथा छलफलका लागि सुनिला महर्जनको संयोजकत्वमा एक युवा समूहको समेत गठन गरिएको छ। उक्त समूहद्बारा नियमित रूपमा युवाहरूका सवालमा छलफल र अन्तरकृया संचालन गर्ने उद्देश्य राखेको छ। यसैगरी सर्वाङ्गीण सेवामा ख्रीष्टियान महिलाहरूको भूमिका विषयक २ दिने कार्यशाला असार २९-३० मा सम्पन्न भएको छ। काठमाडौं उपत्यकामा सेवारत विभिन्न मण्डलीका महिला अगुवा तथा पास्टरहरूको सहभागितामा माइका नेटवर्क नेपालले आयोजना गरेको सो कार्यशालाले नेपालमा महिलाहरूको अवस्था र समाज रूपान्तरमा ख्रीष्टियान महिलाहरूको भूमिका विषयमा छलफल गरेको थियो। उक्त कार्यशालाले उपत्यकामा महिला अगुवाहरूको सामाजिक सहभागिता, सहकार्य र एकताका लागि अभियान संचालन गर्न श्रीमती डोमा राईको संयोजकत्वमा एक समूह समेत गठन गरेको छ। सोही कार्यक्रममा जिल्ला विकास समिति ललितपुरका सामाजिक शाखा प्रमुख बिश्वेश्वर कोइरालाले समाजिक विकासमा ख्रीष्टियान महिला सहभागिताको सह्राहना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
नयाँ नेपाल निर्माणमा ख्रीष्टियानहरुको तर्फबाट राष्ट्रिय प्रतिबद्बतापत्र सार्वजनिक गर्ने कार्यक्रमको प्रार्थना एंवतयारीको लागी आगामी भदौ २१-२२ गते (September 7-8) मा सम्पुर्ण जिल्ला तथा केन्द्रिय सहजकर्ताहरु र हरेकजिल्ला इसाई समाज, समुदायका अध्यक्षयहरुको राष्ट्रिय भेला हुनेभएकोले पत्रप्राप्त नगर्नुभएकाहरुले यसै सुचनालाई आधारमानि भदौ २१ गते बिहान ८ बजेसम्म काठमाण्डु आईपुग्नुहुन यो सुचना प्रकाशित गरिएको छ।
नयाँ नेपाल निर्माणमा ख्रीष्टयान प्रतिबद्बता
राष्ट्रव्यापी कार्यक्रम – २०११
सम्पर्क फोन: ५५४४९५४, ९८५१०४४३५८, ९७५१०१७६४९
ईमेल: lokmanid@gmail.com
(लमजुङ, असार २२):: नवशान्ति मण्डली समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम (सिबिआर) को आयोजनामा तीनदिने समूह व्यवस्थापन तालिम सम्पन्न भएको छ। समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम (सिबिआर) अन्तर्गत सञ्चालित समूहका सदस्यहरूलाई असार २० गतेबाट २२ गतेसम्म उक्त तालिम दिइएको हो। तालिममा समूह व्यवस्थापन अन्तर्गत कसरी समूह सञ्चालन गर्ने, समूहमा सदस्यहरूको भुमिका, अर्थ व्यवस्थापन साथै साना कुराबाट पनि समूहमा द्बन्द उत्पन्न हुने हुँदा त्यसलाइ व्यवस्थापन गर्न द्बन्द व्यवस्थापनको विषयमा पनि प्रशिक्षण दिइएको थियो। आइ.एन.एफ.पि.एफ.आर. को प्राविधिक सहयोगमा सम्पन्न उक्त तालिममा आइ.एन.एफ.पि.एफ.आर. की प्रशिक्षक बिमला नेपालीले प्रशिक्षण दिनुभएको थियो। तालिममा विभिन्न समूहका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको परिवार, गरिब तथा दलित समूदायका गरी १५ जना सदस्य तालिममा सहभागी थिए। मण्डलीले इसाई तथा गैह्रइसाई समुदायमा सामाजिक कामहरू गर्दै आएको छ।
सन्देश पौडेल
Command Youth Fellowship संगतिले गत असार ११ गते अनन्त जीवन मण्डली, कुमारीपाटीमा सङ्युक्त रूपमा युवा संगति गरेको थियो। उक्त संगतिले युवाहरूलाई आशिषित बनाउन सहयोग गरेको छ साथै विभिन्न मण्डलीमा भएका युवाहरूमा एकता कायम गरेर जागृत ल्याउन सफल भएको छ ।
नेपाल ख्रीष्टियान समाजको प्रतिनिधि मण्डलले उप-प्रधानमन्त्री उपेन्द्र यादव सँग उहाँकै कार्यकक्षमा अर्न्तकृयात्मक भेटवार्ता गरि समसामयिक सवालहरु धर्म सम्बन्धि कसुर विधेयक, ख्रीष्टियान अन्त्येष्ठी, धार्मीक ऐन र मण्डली दर्ता प्रकृयाको बारेमा परामर्ष गरेको छ। प्रतिनिधि मण्डलमा समाजका अध्यक्ष डा. बालकृष्ण शर्मा, महासचिव लोकमणि ढकाल, राजनैतीक विभाग संयोजक डा. महेन्द्र भट्टराई, कानुनी सल्लाहकार कैलास शासंकर, केन्द्रिय सदस्यहरु ए. दिल थापा, थिर के. सी., पा. प्रकाशराज बगाले साथै समाजसेवी रमेश खड्का र कानुन व्यवसायी टेक रिजाल सहभागि हुनुहुन्थ्यो।
यहि २०६८ असार ३२ गतेका दिन हालसालै नेपाल सरकारद्धारा प्रस्तुत व्यवस्थापिका संसदमा विचाराधिन “अपराध संहिता” को “ धर्म सम्बन्धी कसूर उपर अन्तरक्रिया “ विषयक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा ३२ जना काठमाडौं उपत्यकाका विभिन्न चर्च, बाइबल कलेज तथा सम्प्रदायका अगुवा, शिक्षक, बुद्धिजीवि तथा पत्रकार प्रतिनिधिहरुको सक्रिय सहभागिता थियो।
उक्त कार्यक्रममा ICCPR को प्राबधान, नेपालको अन्तरिम संबिधानका प्रावधान लगायत प्रस्तुत विधेयकको परिच्छेद ९ मा उल्लिखित धर्म सम्बन्धी कसूर अन्तरगतका विभिन्न दफादफा उपर ४ वटा समूहद्धारा गहन अध्ययन, समूह-छलफल र प्रतिवेदन गरिएको थियो। कार्यक्रमको प्रतिफल स्वरुप उक्त विधेयकमा उल्लिखित प्रावधान कतिपय स्वभाविक रहे तापनि खासगरी दफा १६० को उपदफा (२) मा उल्लिखित र् ‘अन्य कुनै धर्ममा परिवर्तन गराउन वा अन्य कुनै नियतले त्यस्तो धर्म या मत प्रचार गर्न हुदैन” भन्ने प्रावधान आपत्तीजनक रहेको र कानून संविधानसम्मत सबै अल्पसंख्यक धर्माबलम्बीहरुको हितमा बनिनुपर्ने ठहरमा सबैको एकमत रह्यो।
त्यसैगरी, उल्लिखित दफा १६० (२) को प्रावधान हटाएर : र् ‘धर्म परिवर्तन गराउने उद्देश्यले कसैले कसैलाई झूठो प्रलोभन दिन वा नबरजस्त गर्न तथा अरुको धार्मिक आस्था, अभ्यास र स्थलमा खलल पुग्ने वा अपमान हुने कुनै ब्यबहार गर्न हुदैन” भन्ने वाक्य समावेश गरिनु पर्ने सुझावमा सहभागीहरु सहमत भए।
अन्तत : कार्यक्रममा सक्रिय सहभागीताको लागि आयोजक संस्था मूल्याधार विकास समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक अधिवक्ता कैलाशमान साशंकरको धन्यवाद ज्ञापन र कार्यक्रमका सहभागी पास्टर युद्धिजंग गुरुंगको प्रार्थनासाथ ४ घण्टा लामो कार्यक्रम समापन भयो। कार्यक्रम स्थल काठमाडौं नया बानेश्वरस्थित ईन्द्रेनी कम्प्लेक्सको सगरमाथा हल थियो।
नयाँ नेपाल निर्माणमा ख्रीष्टियान प्रतिबद्धता अभियानका संचालक समितिको बैठकद्बाराप्रतिबद्धताको रूपरेखालाई अन्तिम रूप दिने काम अघि बढाइएको छ। नेपालका पचहत्तरै जिल्लाका प्रतिनिधिहरूको सहभागितामा सङ्कलन गरिएका २२१ सवालहरूमध्ये प्राथमिकताका आधारमा प्रमुख पाँच सवालहरूको छनौट गरी गत असार १५ गते बसेको संचालक समितिको बैठकद्बाराऔपचारिक रूपमा प्रतिबद्धता पत्र लेख्ने काम थालिएको छ। पा. राजेन्द्र रोंगोंगको प्रार्थनापछि विभिन्न विषयमाथिको सुक्ष्म छलफल गर्दै बुँदागत रूपमा प्रतिबद्धता पत्रको खाका तयार पारिएको थियो। छलफलमा डा. राजेन्द्र रोंगोंग, पा. सिमोन पाण्डे, रेभ. प्रकाश सुब्बा, डा. बालकृष्ण शर्मा, डा. महेन्द्र भट्टराई, सीता गुरुङ, लोकमणी ढकाल, थिर के.सी., वेन थुर्लीको सहभागिता रहेको थियो।
सो बैठकद्बारानयाँ नेपाल निर्माणमा ख्रीष्टियान प्रतिबद्धताका आगामी कार्यक्रम र समय तालिका समेत तय गरिएको छ। सबैको प्रतिवि्र्कया र सल्लाह लिई डा. महेन्द्र भट्टराई, लोकमणी ढकाल र थिर के. सी.को समूहले आगामी असार २४ गतेसम्ममा पहिलो खाका तयार पारी समितिमा पेश गर्ने र संचालक समितिद्बाराअसार २६ मा समितिबाट रायसुझाव सङ्कलन गर्ने र श्रावण १५ सम्ममा संशोधित अन्तिम रूप दिने निर्णय गरियो। प्रतिबद्धता पत्रको अन्तिम रूप तयार भइसकेपछि आगामी भदौ २१-२२ (September 7-8) मा देशभरिका सहजकर्ता र अगुवाहरूको सहभागितामा राष्ट्रिय भेला गरी सामुहिक प्रार्थना र प्रशिक्षणको आयोजना गर्ने साथै देशव्यापी रूपमा सार्वजनिक घोषणा गर्ने निर्णय संचालक समितिको बैठकद्बारागरिएको छ।
रेभ. डा. बालकृष्ण शर्मा::
भर्खरै हाम्रो आशिष् पत्रिकामा प्रकाशित समाचार, पूर्वान्चलमा बहस, इसाई कि ख्रीष्टियान भन्ने विषयमा भएको कुराकानी अति महत्त्वपुर्ण विषय हो। यी शब्दहरूको बहस सन् १९९० को दशकमा पनि भएको थियो। बाइबलमा कुन शब्द चयन गर्ने भन्ने विषयमा पनि प्रशस्तै बहस भई ख्रीष्टियान शब्दलाई रोजिएको कुरा यहाँ अवगत गराउन सान्दर्भिक हुन्छ जस्तो लाग्छ। यी दुई शब्दहरूको प्रयोग कसैको जिब्रोको सजिलोको लागि नभएर अर्थका महत्त्वपुर्णमा ध्यान दिइनुपर्छ। इसाई शब्द इसा वा येशू शब्दबाट आएको हो। सामान्य बुझाइमा इसाई भनेका येशूलाई पछयाउनेहरू हुन्। ख्रीष्टियान शब्द ख्रीष्ट वा मसीहबाट आएको हो। पुरानो करार समयमा र येशूको समयमा येशू नाम सामान्य नाम नै थियो। येशू बाहेक अरू व्यक्तिहरूलाई पनि येशू भनिन्थ्यो। तर ख्रीष्ट वा मसीह नाम भएका व्यक्तिहरू भने थिएनन्। पुरानो करारमा प्रयोग भएका यहवे, यहोशू वा होशे नामहरू येशू नामसँग सम्बन्धित छन्। मसीह वा ख्रीष्टको अर्थ अभिषिक्त जन भन्ने हुन्छ र यी अभिषिक्त जनलाई पछयाउनेहरू नै ख्रीष्टियानहरू हुन्। नयाँ करारमा येशूलाई पछ्याउनेहरूलाई ख्रीष्टियान भनिएको कुरा प्रेरित ११:२६ मा स्पष्टसँग उल्लेख छ। चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियान भनिए। नेपाली बाइबलमा ख्रीष्टियान शब्दलाई यी नै कारणहरूले गर्दा एकरूपता दिइएको हो। यसैले मेरो अनुरोधचाहिँ जेजस्तै निर्णय भए पनि ख्रीष्ट शब्दको महत्त्व र मूल ग्रीक भाषामा पनि येशूलाई पछ्याउनेहरूलाई ख्रीष्टियान शब्द नै प्रयोग गरिएको हुनाले यस शब्दको प्रयोगको विपक्षमा नजानु नै बुद्धिमानी हुन्छ भन्ने मेरो सुझाव छ। हामीले इतिहास बनाइराखेका छौँ र हाम्रो निर्णयको असर दीर्घकालीन हुने हुनाले यसमा विचार गरिनु आवश्यक छ।
हालै छलफल तथा चर्चामा आइरहेको फौजदारी कानुन परिमार्जन तथा सुधार कार्यदलद्बारा प्रस्तुत गरिएको “अपराध संहिता, फौजदारी कार्यविधि संहिता तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको मस्यौदा तथा प्रतिवेदन २०६७” मा परिच्छेद – ९ धर्म सम्बन्धी कसुरअन्तर्गत दफा १६० मा धर्म परिवर्तन गराउन नहुने भन्ने व्यहोराप्रति नेपाल ख्रीष्टियान समाजले गम्भीर आपत्ति जनाउँदै उक्त विधेयक सच्याउनको लागि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान न्यायधिश लगायत सम्पूर्ण सभासदहरूको ध्यानाकर्षण गराएको छ। त्यसैगरी भर्खरै सम्पन्न राष्टि्रय जनगणना २०६८ को धर्म सम्बन्धी सवालमा ख्रीष्टियान धर्मावलम्बीहरूलाई जनाउन गणकहरूद्बारा विभिन्न शब्द इसाई, क्रिश्चियन, क्रिश्चेन, वि्र्कसियन, ख्रीष्टियन, येशू धर्म, इशु धर्म, विश्वासी इत्यादि लेखिएको बुझएको हुनाले तथ्याङ्क निकाल्दा उल्लेखित सबै नामहरू ख्रीष्टियान धर्म नै भएकोले गणना गर्ने क्रममा सोहीअनुसार गर्न गराउनुहुन केन्द्रिय तथ्याङ्क विभागको ध्यानाकर्षण गराउँदै नेपाल ख्रीष्टियान समाजले पत्राचार गरेको छ।
(कैलाली जेठ १२) ख्रीष्टिय एकता समाज टीकापुर (पहिले अरू नामबाट) वि.सं. २०५० सालमा टीकापुरमा तीन वटा मण्डलीबाट स्थापना भएको थियो। यसले आवश्यक पर्दा मण्डली बाहिरको समाज, संस्था तथा सरकारी, गैह्रसरकारी निकायसँग सहकार्य र आवाजको रूपमा काम गर्दै र पहिचान दिँदै आएको थियो। यस क्षेत्रमा करिब ४०-४५ मण्डलीहरू आबद्ध रहेर आरोह-अवरोहको सामना गर्दै आएकोमा जेठ १२ गतेदेखि यसले जिल्लाव्यापी रूप धारण गरेको छ। कैलाली जिल्लाका विभिन्न क्षेत्रका पास्टर अगुवाहरूको इम्मानुएल एकलेसियामा भएको भेलाले लामो समयको पर्खाइ र प्रार्थनाको परिणामस्वरूप पा.बलराम (फिलिप) सुवेदीको सङ्योजकत्व र अगुवाहरूमा पा. जोसेफ श्रेष्ठको अध्यक्षतामा १६ सदस्य (१३ निर्वाचित र ३ सल्लाहकार) कार्यसमिति गठन भएको छ। यसै भेलामा पा. जोसेफ श्रेष्ठले भजनसंग्रह १३३ अध्यायबाट समाजका दाजुभाइहरू एकतामा भएर बस्नु कति असल र मनोहर कुरा हो भनी बताउनुभएको थियो।