मिलनकुमार अधिकारी::
ए कता? एकता सुन्न पा’ छैन।
एकताको नाममा सभा राख्न भ्या’छैन।।
गरौं भन्ने ए कता हराए?
सुरु गर्दै सुरुङभित्र आफैं बिलाए।
त्यसैले भो अब एकताको कुरै नगरौं।
एकताको कुरा गर्दा ए ! कता को? भन्लान्।
एकताकै कुरा गर्दा त्यो एक ताको ठान्लान्।।
यस्तो कुरा सुरु गर्दा पद चाहिएछ बुझ्लान्।
यसो मेसो पाए आफैं अर्को बैठक डाक्लान्।।
त्यसैले भो अब एकताको कुरै नगरौं।
संसारभरि झण्डै पचास हजार सम्प्रदाय पुग्यो रे।
हाम्रै देश नेपालमा दुई सय नाघ्यो रे।।
रातारात रेभरे48ड र डाक्टर हुने देशमा।
कोभन्दा को कम हुने अध्यक्षको रेसमा।।
त्यसैले भो अब एकताको कुरै नगरौं।
एकताको कुरा गर्दै मिटिङसभा हुन्छ।
गफै त हो !द्र सबै भन्छन्, अब पक्का हुन्छ।
यसैबाट कति जना चिनारीमा आउँछन्।
कोही फेरि खुट्टा तान्न अर्कैतिर धाउँछन्।।
त्यसैले भो अब एकताको कुरै नगरौं।
जसले गर्छु भन्यो, अहिले उसैलाई भो झन्झट।
कति समाइराखँन् बरै यो भालुको कन्चट।।
नता सकिन्छ जोड्न न सकिन्छ छोड्न।
येशँको चेलाले हुन्न टाउको फोड्न।।
त्यसैले भो अब एकताको कुरै नगरौं।
साँच्चै एकता भयो भने अर्को के गीत गाउने?
अध्यक्ष र संयोजकको पद नि कसले पाउने?
एकता साँच्चै भइदिए कतिको रोजीरोटी गुम्ला।
एकता भए फेरि कतिको जिउ कुर्सीमाथि घुम्ला।।
त्यसैले भो अब एकताको कुरै नगरौं।
एकताको कुरा गर्नेले येशँलाई हेरौं।
एकताले प्रेम ल्याउने होइन, त्यसैले पहिले प्रेम गरौं।।
प्रेम गर्न थालेपछि एकता नि आउँछ।
चेला भनी चिनाउनलाई प्रेम गर्नैपर्छ।।
त्यैले भो अब एकताको कुरै नगरौं।
तर एकले अर्कालाई आफँलाई झैं प्रेम गरौं।




