सतावट?

Viewed:: 303
सतावट?

खोजप्रसाद जिज्ञासु::

ख्रीष्टियानहरूलाई सुसमाचार प्रचार गर्न रोक्ने कानुन आउँदै छ रे भन्ने हल्ला यो जिज्ञासँको कानमा पनि बेस्सरी   ठोक्कियो। एकपल्ट त जिज्ञासँ खङ्ग्रङ्गै भएर तर्सियो। फेरि आफैंलाई सम्हालेर गम खान थालो । येशँले सारा जगत्मा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर भनेर दिनुभएको आज्ञा अब कसरी पालन गर्ने भन्ने डरले पनि सताउन   लाग्यो।

तर येशँको सुसमाचारलाई साङ्ला र जेलले संसारकै इतिहासमा जतिसुकै शक्तिशाली राजा, शासक वा व्यक्तिले कहिल्यै पनि नछेकेको कुराले सान्त्वना पो दियो। सारा जगतको मुख्य व्यक्ति येशँको बारेमा बताउने र सुन्न पाउने कुरा संसारको सबैभन्दा ठँलो मौका हो भन्ने नबुझेका मानिसहरूले सर्वशक्तिमान्की  दुलहीलाई छुन पनि सक्दैनन्।

हैन किन यस्तो कुरा हुन आयो त? येशँलाई नचिनेका र नयाँजन्म   नपाएका मानिसहरूले येशँको नाम लिएर नचाहिंदा तामझाम गरी आफैंलाई महिमा दिन खोजेकोले पो हो कि? चर्च जानु र येशँलाई चिन्नु फरक कुरा हो भन्ने कुरा अब धुरीबाट प्रचार गर्ने समय आएको हो भन्ने ठहर पो खोजप्रसादको खोजले देखायो। जिज्ञासँले विचार्‍यो कि यो आउने ठानिएको सतावट धेरैको लागि घरबार जोड्ने वा विदेश भासिने विशेष मौका हुनेछ।  येशँको सान्त्वना - संसारमा तिमीहरूलाई कष्ट हुन्छ तर साहस गर मैले संसारलाई जितेको छु।