युवा जागृति सेवा (झापा- जेठ, २०)

Viewed:: 256

The Ebenezer Band को आयोजनामा झापा जिल्लाभरि रहेका विभिन्न मण्डलीका युवायुवतीहरूको माझमा एकदिने Youth Revival Service टाउन हल धुलाबारीमा भव्यताका साथ सम्पन्न भयो। Ebenezer Band ले आराधनामय गीत सङ्गीत प्रस्तुत गरी आराधना गरेका थिए। उक्त ब्या48डका सदस्यहरू क्रमशः सुवास श्रेष्ठ, विकास मैनाली, जोसुवा थामी, राजेश गुरुङ, जोन राई छन्। यस कार्यक्रममा सिक्किमबाट आउनुभएका पास्टर सिल्भानस तामाङले “युवायुवतीहरूमा पवित्र आत्माको शक्ति” भन्ने विषयमा प्रवचन दिनुभएको थियो। झापा जिल्लाका विभिन्न ख्रीष्टियान ब्याण्डजस्तैः रिभाइभ ब्याण्ड, झापा गोस्पल ब्याण्शड, दिव्यशान्ति मण्डली, मध्यपूर्व इसाई युवा समाज र शान्ति मण्डली अफ गड थिए। कार्यक्रममा लगभग ४०० जना युवायुवती भेला भएका थिए भने विभिन्न मण्डलीका पास्टरहरूको पनि उपस्थित रहेको थियो ।